कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै समयमा नियमित सञ्चालन हुन्छ

  • वैशाख ५, २०८२ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा नियमित रुपमा तोकीएकै समयमा सञ्चालन हुने जनाएको छ। १२ कक्षाको परीक्षा स्थगित भएको हल्ला फैलिएपछि परीक्षा स्थगित नभएको बोर्डले स्पष्ट पारेको हो।

परीक्षा बोर्डले आज एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि नियमित रुपमा सञ्चालन हुने जनाएको छ।

विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डले जानकारी दिएको छ। 

बोर्डले परीक्षा स्थगितहुने भ्रपूर्ण हल्लामा नपरी परीक्षाको जमेर तयारी गर्न विद्यार्थीलाई अनुरोधसमेत गरेको छ। 

परीक्षासम्बन्धी आधिकारिक सूचना वेबसाइटमार्फत दिने गरिएको भन्दै बोर्डले विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न आग्रह गरेको 5।

बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पुर्ण विद्यार्थीमा बोर्डले अनुरोध गरेको छ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक प्रधानाध्यापक एवं सरोकारवाला सबैलाई बोर्डले अपिल गरेको छ। 

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब