विद्यालय अनुगमनमा मुख्यमन्त्री

  • वैशाख ३१, २०८२ | ८७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशको शिक्षामा सुधार ल्याउन मङ्गलबारदेखि सामुदायिक विद्यालयको अनुगमन सुरु गर्नुभएको छ । विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको चौतर्फी गुनासो भइरहेका बेला मुख्यमन्त्री सिंहले धनुषाको हंसपुर नगरपालिकास्थित दुई वटा सामुदायिक विद्यालयको अनुगमन गर्नुभयो ।

हंसपुर नगरपालिका–२ स्थित राष्ट्रिय आधारभूत विद्यालय बघचौडा र वडा नं. ८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको अनुगमनका व्रmममा दुवै विद्यालयमा नामाङ्कन भए जतिका विद्यार्थी कक्षाकोठामा उपस्थित नभएको, निजी विद्यालयका विद्यार्थीको सामुदायिक विद्यालयमा पनि नामाङ्कन भएको, कक्षा नियमित सञ्चालन नभएको, शौचालय र सरसफाइको अभाव जस्ता समस्या देखिएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । उहाँले सरकारी स्रोतसाधनको दुरुपयोग गर्ने मनसायले निजी विद्यालयको विद्यार्थीलाई फर्जी रूपमा सामुदायिक विद्यालयमा नाम लेख्ने गरेको पाइएको बताउनुभयो ।

अनुगमनपश्चात् मुख्यमन्त्री सिंहले उक्त पालिकाका जनप्रतिनिधिलाई बोलाएर विद्यालयमा कक्षाकोठाको अभाव हुन नदिन पूर्वाधार निर्माणका साथै यथाशीघ्र शौचालय निर्माण गर्न र नियमित कक्षा सञ्चालन गराउन आग्रह गर्नुभएको थियो । उहाँले विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिक स्तरको विद्यालयमा शौचालय जस्ता आधारभूत संरचना नहुनु दुःखद रहेको बताउनुभएको थियो ।  

मुख्यमन्त्री सिंहलाई सो नगरपालिकाका उपप्रमुख दुर्गीदेवी मण्डलले विद्यालयको शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आवमा निर्माण गरिने प्रतिव्रिmया दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिनुभयो । अनुगमन टोलीमा मुख्यमन्त्री सिंहसहित नीति आयोग मधेश प्रदेशका उपाधयक्ष सोहन साह, शिक्षा निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक महेन्द्र महतो सहभागी हुनुहुन्थ्यो । 

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब