तराई मधेसमा महिलाहरु ‘वट सावित्री’ पर्वको तयारी गरिँदै

  • जेठ ८, २०८२ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आगामी सोमबार अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाउँदै छन् ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका नारीहरू (मिथिलानीहरू) विभिन्न तयारीमा लागेका छन् ।

मिथिलानीहरू अहिले आआफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पङ्खा र डालो किनमेल गर्नमा व्यस्त छन् ।

पर्व आउन अब एक साता मात्रै बाँकी रहँदा महोत्तरीको सदरमुकाम जलेश्‍वर नगरपालिका– १ मा अवस्थित हटियामा अहिले प्रत्येक दिन साँझपख महिलाको घुइँचो लाग्ने गरेको छ । जहाँ महिला बाँसको पङ्खा र डालो किनिरहेको देख्न सकिन्छ । त्यस्तै दिनभरि यहाँको विभिन्न शृङ्गार पसल, कपडा, पसल र चुरापोतेको पसलमा महिलाको भीडभाड रहने गरेको छ ।

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरी लगायत तराई, मधेसका महिलाले सोमबार वट सावित्री पर्व मनाउने जलेश्‍वर नगरपालिका– १ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।

मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा ‘बरसाइत पावइन’ भन्ने गरिन्छ । जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने बर साइत पावइन (वट सावित्री पर्व) नवविवाहिता र सामान्य विवाहित महिलाले फरकफरक विधिअनुसार मनाउने चलन छ ।

नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा ससुराली (श्रीमानको घर) मै मनाउनुपर्छ । नवविवाहिताले पर्वको लागि नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्रश्रृङ्गार अर्थात लाउने लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

पर्वका दिन बिहानै नुवाइधुवाइ गरी रातो, पहेँलो पहिरनमा नजिकको वर (वट)को रूखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दछन् ।

उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रूखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गरिन्छ ।

– रासस

तीन खुट्टा भएको बालिका जन्मियो

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म ...

मधेशको सत्ता राजनीतिमा नयाँ मोडको संकेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्र ...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्य

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्य ...

कार्तिक १७ गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब