रक्षाबन्धन र जनै पूर्णिमा आज, देशभर पूजा, स्नान र मेलाको रौनक

  • साउन २४, २०८२ | ३४६ पटक पढिएको | सीमा संदेश
alt

आज हामी हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा । यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ । यो प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यो दिन पुरोहितबाट मन्त्रिएको नयाँ जनै फेर्ने, पितृलाई तर्पण दिने र नाडीमा रक्षासूत्र (रक्षाबन्धन) बाँध्ने धार्मिक परम्परा रही आएको छ ।

आजको दिनले केवल आत्मशुद्धि र धार्मिक कर्म मात्र नभई वास्तुशास्त्र र ऊर्जा संरक्षणसँग पनि गहिरो सम्बन्ध राख्छ । जनैको स्थानमा (बायाँ काँधबाट दाहिने कम्मरसम्म) शरीरका सुषुम्ना, इडा र पिङ्गला नाडीहरूमा ऊर्जाको सन्तुलन कायम राख्ने विन्दुहरू पर्छन् । यसरी जनै केवल धार्मिक चिह्न मात्र नभई शरीर र चेतनाको ऊर्जा सन्तुलनकर्ता पनि हो । जसरी घरको मूलद्वारको तोरणले नकारात्मक शक्ति रोक्छ, त्यस्तै रक्षासूत्रले शरीरको जीवन–ऊर्जा (प्राणशक्ति)लाई सुरक्षित राख्छ ।

वास्तुशास्त्रमा पूर्व, उत्तर–पूर्व वा उत्तर दिशाबाट शुभ–ऊर्जा प्रवेश गर्छ र दक्षिण, दक्षिण–पश्चिमबाट नकारात्मक ऊर्जा रोक्नुपर्छ भन्ने मान्यता छ । रक्षासूत्र बाँध्ने प्रक्रिया पनि यही सिद्धान्तसँग मेल खान्छ— दाहिने हात (ऊर्जाको कर्ममार्ग)मा बाँधिएको सूत्रले शुभ–ऊर्जा सक्रिय र अशुभ–ऊर्जा निष्क्रिय गर्छ ।

जनैपूर्णिमामा पितृलाई तर्पण दिने प्रचलन छ । वास्तुशास्त्रमा पनि घरको पितृस्थान (दक्षिण–पश्चिम भाग)लाई शान्त र पवित्र राख्न विशेष महत्त्व दिइन्छ । पितृतर्पण गर्दा जल, तिल र कुशको प्रयोग गरिन्छ । जसलाई वास्तुमा पृथ्वी, जल र आकाश तत्त्वको समन्वय मानिन्छ । यसले पितृ आत्मालाई शान्ति र घरमा स्थिरता ल्याउँछ ।

सनातन धर्ममा जनै (यज्ञोपवीत) केवल एक साधारण धागो नभई यसलाई आत्मिक शुद्धता, कर्तव्य परायणता र वैदिक परम्पराको जीवन्त प्रतीकका रूपमा लिइन्छ । बायाँ काँधबाट दायाँ कम्मरसम्म पहिरिने यो पवित्र धागोले धारण गर्ने व्यक्तिको जीवनमा नैतिक, आध्यात्मिक र भौतिक अनुशासनको महत्त्वलाई दर्साउँछ ।

जहाँ जनैले व्यक्तिको आन्तरिक र व्यक्तिगत सामञ्जस्यतालाई प्रतिनिधित्व गर्दछ, त्यहीँ वास्तुशास्त्रले बाह्य वातावरण, विशेष गरी निवास स्थानको ऊर्जा र सन्तुलनमाथि विवेचना गर्दछ । यी दुई विधा सतहमा फरक देखिए पनि गहिरो अध्ययन गर्दा यिनीहरूबिच व्यक्तिगत र वातावरणीय सामञ्जस्य स्थापित गर्ने समान शास्त्रीय उद्देश्य रहेको पाइन्छ ।

सनातन धर्ममा जनै (यज्ञोपवीत) केवल एक साधारण धागो नभई यसलाई आत्मिक शुद्धता, कर्तव्य परायणता र वैदिक परम्पराको जीवन्त प्रतीकका रूपमा लिइन्छ । बायाँ काँधबाट दायाँ कम्मरसम्म पहिरिने यो पवित्र धागोले धारण गर्ने व्यक्तिको जीवनमा नैतिक, आध्यात्मिक र भौतिक अनुशासनको महत्त्वलाई दर्साउँछ ।

जनैमा रहेका तीन सूत्रहरू देवऋण, पितृऋण र ऋषिऋणका साथै सत्त्व, रज र तम गुणका प्रतीक मानिन्छन् । वास्तुशास्त्रमा पनि स्थान वा संरचनाको ऊर्जालाई यिनै सत्त्व, रज र तम गुणका आधारमा विश्लेषण गरिन्छ । जनैले यी तीन गुणलाई सन्तुलित गरी व्यक्तिलाई पूर्णता दिने प्रयास गरेझैँ वास्तुशास्त्रले पनि भवनका विभिन्न खण्डमा सत्त्व, रज, तमको उचित सन्तुलन कायम गरी त्यहाँ बस्ने मानिसको जीवनमा सन्तुलन र समृद्धिको मार्ग प्रशस्त गर्छ ।

मानव शरीरलाई एक सूक्ष्म ब्रह्माण्ड मानिएझैँ वास्तुशास्त्रमा घर वा भवनलाई एक जीवन्त शरीर (वास्तुपुरुष मण्डल) का रूपमा लिइन्छ । वास्तुपुरुष मण्डलमा ८१ वा ६४ वटा पद हुन्छन्, जसमध्ये मुख्य नौवटा पद (केन्द्रीय ब्रह्मस्थान र आठ दिशा)ले घरको ऊर्जा प्रवाहलाई निर्देशित गर्र्छन् ।

जनैमा रहेका पाँच गाँठाहरू ब्रह्म, धर्म, अर्थ, काम र मोक्षका प्रतीक हुन् । साथै यिनलाई पञ्चयज्ञ, पाँच ज्ञानेन्द्रिय र पञ्चकर्मको प्रतीक पनि मानिन्छ । वास्तुशास्त्रको सम्पूर्ण जग पञ्चमहाभूत (आकाश, वायु, अग्नि, जल, पृथ्वी)मा आधारित छ । यी पाँच तत्त्वको सन्तुलनले नै घरमा सकारात्मक ऊर्जा र शान्ति प्रदान गर्छ ।

जनैमा रहेका तीन सूत्रहरू देवऋण, पितृऋण र ऋषिऋणका साथै सत्त्व, रज र तम गुणका प्रतीक मानिन्छन् । वास्तुशास्त्रमा पनि स्थान वा संरचनाको ऊर्जालाई यिनै सत्त्व, रज र तम गुणका आधारमा विश्लेषण गरिन्छ ।

नेवारी समुदायमा यो दिन क्वाँटी खाने र भ्यागुताको पूजा गर्ने प्रचलन छ । क्वाँटीमा नौथरी अन्न हुन्छन्, जसले पृथ्वी र अग्नि तत्त्वलाई सुदृढ गर्छ । भ्यागुताको पूजा भने जल तत्त्वको सम्मान हो । वास्तुशास्त्रमा पाँच तत्त्वको सन्तुलनमा घरको ऊर्जा बस्छ भन्ने मान्यता छ र यी परम्परा यही सन्तुलन कायम राख्ने जीवन–पद्धति हुन् । यी सबै परम्पराको मूलमा ऊर्जा, संरक्षण र समृद्धिको सन्देश लुकेको छ ।

वास्तुशास्त्रले जसरी घर र वरिपरिको वातावरणलाई सन्तुलित राख्न मार्गदर्शन गर्छ, यस्ता धार्मिक पर्वहरूले पनि हाम्रो शरीर, मन र आत्मालाई सन्तुलित राख्ने कार्य गर्छन् । यसरी जनैपूर्णिमा केवल एउटा धार्मिक दिन मात्र होइन यो वास्तु–उपचारको दिवस पनि हो; जहाँ मन्दिर, घर र शरीर तीनैको ऊर्जा शुद्ध, सुरक्षित र समृद्ध बनाइन्छ । अस्तु ।

(लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।) 

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब