पूर्वमहामन्त्री यादव काँग्रेसमा प्रवेश

  • साउन ३०, २०८२ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्दै भित्र्याएका थिए । तत्कालीन सद्भावना पार्टीको राजनीतिबाट राजपा हुँदै यादव लोसपा नेपालमा पुगेका थिए । तत्कालीन राजपामा उनी महामन्त्री थिए ।

महतोले लोसपा छाडेर जातीय समूहमार्फत राजनीतिमा लागेपछि यादव निष्क्रिय बसेका थिए । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको उनलाई पार्टी प्रवेशमा सहमत गराइएको थियो ।

काठमाण्डुमा बिहीबार एक कार्यक्रम बीच यादवलाई देउवाले सदस्यता प्रदान गरी स्वागत गरे । उनलाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्ने बुझिएको छ ।

सहमहामन्त्री यादवले मधेशका अन्य पाँच जना नेता पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्ने गरी पार्टी प्रवेश गराउन तयारीमा भइरहेको दाबी गरे । कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी देवेन्द्र यादव पेशाले इञ्जिनियर हुन् । उनले राजपामा हुँदा विदेश विभाग प्रमुख थिए ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब