सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

  • साउन ९, २०८३ | १०७ पटक पढिएको | सीमा संदेश
alt

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि बालकको आफन्त र स्थानियबासीहरुले हुलाकी सडक खण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन।

शुक्रबार बेलुकी भगवानपुर गाउँपालिका -१" स्थित प्राथमिक स्वास्थ केन्द्रमा सप्तरीको बलान बिहुल गाउँपालिका २ का  अरुण मण्डलका छोरा रोशन मण्डललाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो।

त्यसपछि स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार हुन नसकेको तथा एम्बुलेन्स उपलब्ध हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको अनुमतिबिना एम्बुलेन्स लैजान नमिल्ने भन्दै चालकले तत्काल बिरामी नलगेको आरोप स्थानीयको छ।

उपचारमा ढिलाइ भएपछि बालकलाई थप उपचारका लागि सिटी सवारीमार्फत लहानतर्फ लगिएको थियो । तर बाटोमै उनको मृत्यु भएको भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले बताए ।

घटनापछि आक्रोशित स्थानीयले भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको थियो।

भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरूद्ध उजुरी दर्

भोजपुरी अभिनेत्री अञ्जना सिंहले भोजपुरी सुपरस्टार खेसार ...

पूर्वमन्त्री गुप्ताले स्वीकारे गल्ती : चालकलाई मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन ...

सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर ...

आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब