सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

  • साउन ९, २०८३ | ५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरेको छ।

शुक्रबार सशस्त्र प्रहरीले मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामान प्रचलित भन्सार ऐन तथा नियमअनुसार आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति (एसपी) सुमनजंग थापा मगरका अनुसार सीमाक्षेत्रमा हुने अवैध चोरी-पैठारी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ।

उनले सीमा सुरक्षा तथा अवैध आयात-निर्यात नियन्त्रणका लागि यस्ता अभियान निरन्तर सञ्चालन भइरहने बताए । त्यसै क्रममा अवैध समाग्रीहरु प्रहरी नियन्त्रणमा लिदै आएको छ ।

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरूद्ध उजुरी दर्

भोजपुरी अभिनेत्री अञ्जना सिंहले भोजपुरी सुपरस्टार खेसार ...

पूर्वमन्त्री गुप्ताले स्वीकारे गल्ती : चालकलाई मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन ...

आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुल ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब