मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने

  • साउन १०, २०८३ | १५० पटक पढिएको | सीमा संदेश
alt

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा पालिकामा किसानको खेतसम्मै प्रत्यक्ष सेवा पुर्‍याउने गरी कृषिको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कृषिमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर यो कार्यक्रम कार्यान्वयन गरिने बताएकी छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कार्यक्रम लागू गर्न कम्तीमा १० वटा पालिका छनोट गर्न माग गरेकी छन् । उनले अब नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् ।

अनुसन्धानबाट प्राप्त नतिजा किसानको खेतसम्म पुर्‍याउन, कृषि उत्पादन बढाउन र किसानलाई आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी गराउन ती पालिकामा एकीकृत कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन् ।

छनोट हुने पालिकामा उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श र प्रविधि हस्तान्तरणलाई विशेष जोड दिइने उनको भनाइ छ ।

उनले प्राङ्गारिक (अर्गानिक) खेतीलाई प्राथमिकता दिँदै माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोतसाधनको उचित परिचालन र साझा योजनामार्फत अघि बढ्नुपर्ने उनको भनाइ छ ।

साथै, प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धतासमेत मन्त्री चौधरीले व्यक्त गरेकी छिन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब