शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

  • भदौ ६, २०८२ | ५०४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो । विधेयकका सम्बन्धमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेस गरेको थियो ।

माओवादी केन्द्रका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादव र रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले प्रस्तावित विधेयकमा फरक मत राख्नुभएको थियो ।

विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाइएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ ।

बिहीबार पारित विधेयक आगामी प्रतिनिधिसभा बैठकमा पेस गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब