शिक्षा विधेयकमा प्याब्सन सिरहाको विरोध

  • भदौ ६, २०८२ | ५६५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०६ भदौ । सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा संस्थागत विद्यालयहरुलाई कानुनमा नै कडाइ गर्न लागेको भन्दै प्याब्सन सिरहाले सिरहाको सदरमुकाम सिरहामा शुक्रबार प्रदर्शन गरेका छन् ।

सिरहा नगरपालिकाभित्र सञ्चालनरत रहेका दुई दर्जन संस्थागत विद्यालयले आफ्ना विद्यालयको सवारीसाधन सडकमा प्रदर्शन गरेर विरोध गरेका हुन् । 

सरकारले शिक्षा विधेयकमा संस्थागत विद्यालयलाई अनिवार्य गुठीमा जानुपर्ने, शिक्षा निःशुल्क हुनुपर्ने संस्थागत विद्यालयले लिनुपर्ने कुनै पनि शुल्क लिन नपाइने विद्यालयमा वितरण गरिने पुस्तक, कम्पनी ऐन अन्तर्गत सञ्चालन भएका विद्यालयलाई क्रमशः नाफामूलक बनाउँदै लैजानुपर्ने लगायतको कानुन निर्माण गर्न शिक्षा समितिबाट शिक्षा विधेयक पारित गरेर संसदमा पेस गर्न लागेको भन्दै निजी विद्यालयहरू आन्दोलनमा उत्रिएका हुन् । 

सरकारले सरकारी तथा सामुदायिक विद्यालयलाई पनि अङ्कुश लगाउन लागिएको भन्दै प्याब्सनले आन्दोलनका कार्यक्रम तय गरेको छ । ह्यापी लाइन्ड एकेडमी आवासीय विद्यालयका सञ्चालक दर्गानन्द यादबले संस्थागत विद्यालयमा सञ्चालकहरूले बैंक ऋणमार्फत लगानी गरेको र सरकारको नियमले विद्यालय क्षेत्र नै तहसनहस बनाउने गरी विधेयक ल्याउन लागिएको बताउनुभयो ।

सिरहा सदरमुकाममा आन्दोलनमा उत्रिएका विद्यालय सञ्चालकरुले विद्यालयका सबै सवारी साधनहरू सडकमा हिँडाएर विरोध गरेका थिए । विद्यालय सञ्चालकले सरकारले शिक्षा विधेयक नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी  दिएका छन् । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब