बालुवाटारमा ओलीको ‘निर्देशनात्मक’ ब्रिफिङ : रवि, राजेन्द्रदेखि विद्या भण्डारीसम्मलाई कडा सन्देश

  • भदौ १२, २०८२ | ३१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर केही निर्देशनात्मक प्रशिक्षण दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेका नेताका अनुसार ओलीले आफू र पार्टीको निर्णयको पक्षमा उभिन भनेका थिए ।

जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले ओलीको भनाइको ४८ बुँदामा फेहरिस्त सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेता निरौलाका अनुसार ओलीले आफ्नो अधिकांश मन्तव्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनको पक्षमा उभिएका नेता लक्षित गरेका छन् ।

उनले २०५४ सालदेखिको पार्टी फुटको प्रसंग उप्काउँदै अनेक आरोह अवरोधबीच पार्टी अहिलेको अवस्थामा आएको बताए । केही नेताले पूर्वराष्ट्रपतिको फोटो राखेर धन्दा गरिरहेको उनको टिप्पणी थियो ।

उनले दोहोर्‍याए, ‘च्यासलले सदस्यता खायो भन्नुहुन्छ उहाँ । सदस्यता खाएको छैन । उहाँले पार्टीमा निवेदन दिनु भएको छैन । प्रक्रिया पनि मिलेन ।’

‘तपाईँ पार्टी चलाउन सक्नुहुन्न मलाई सहयोग गर्नु भन्नभयो । मैले भ्रममा नरहनु तपाईँसँग अनुभव छैन भने । चुनाव लड्ने त ? भन्नुभयो’, ओलीले भने, ‘राष्ट्रपति भएको व्यक्तिले अशोभनिए गतिविधि गर्नुभएन । पार्टीको पक्षमा नरहेकालाई भेला गर्दै हिँड्नुभएको छ । चक्रपथ अनलाइनमा मविरुद्ध जथाभावी लेखाउने काम भयो । पत्रकारले त पार्टी सदस्ता दिने हैन होला नि !’

एमालेमा आएर भण्डारी अध्यक्ष हुन असम्भव रहेको प्रष्ट्याउँदै ओलीले सबै नेता आ-आफ्नो योग्यताले यहाँसम्म आइपुगेको बताएका छन् । उनले भने, ‘तपाईंसँग एमाले हाँक्ने, अनुभव छैन भ्रममा नपर्नुस् भनेँ । उहाँले चुनावै लड्ने भन्नुभयो । एमालेमा चुनाव लड्नु पर्दैन भनेर जवाफ दिएँ ।’

आफूले जति सम्मान विद्यालाई अरुले नगरेको भन्दै अहिले म नै अपमानित हुनुपर्ने रु भन्दै उनले प्रश्न गरे । ‘घरिघरि त म सपनामा छु कि जस्तो लाग्छ । मैले जति उहाँलाई कसले साथ दिएको छ । उहाँले छाडे सबै मिल्छ । व्यक्ति ठूलो कुरा कुरा होइन, आन्दोलन बचाउनुपर्छ । विद्या भण्डारी हाम्रो सम्पत्ति हो’, ओलीको भनाइ थियो ।

जबज परिवारको सम्पत्ति नभएको भन्दै उनले जबज फाउण्डेशनले नबचाउने पनि बताए ।

सेन्टिमेन्टमा गएर नहुने भन्दै ओलीले ईश्वर पोखरेल, विनोद ढकाललगायतका नेताको नामै लिएर भण्डारीलाई कतिपयले उचाल्ने काम गरिरहेको बताएका छन् । उनले थपे, ‘अभागीलाई खाने बेलामा रिस उठ्छ । उहाँ कहाँ पुग्नुहुन्छ रु बाटो बिराएर हिँड्नुभएको छ । विनोद ढकाल ९औं महाधिवेशनमा मलाई सहयोग गर्ने प्रमुख पात्र नै हुन् । विधानबारे कर्णले गलत कुरा गरे ।’

ओलीले विधान महाधिवेशनमा आफूले सही विचार प्रस्तुत गर्ने भन्दै फरक मत कसैले राखिरहन नपर्ने पनि प्रष्ट पारेका छन् । ‘यो इतिहास हो । इतिहासको रूपमा आउँछ । यो नीतिको रूपमा आउँछ । एकदिन दस्ताबेज प्रस्तुत हुन्छ, एकदिन छलफल र अर्को दिन समापन,’ विधान महाधिवेशन एकताको अधिवेशन हुने भन्दै ओलीले भने, ‘अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ ।’

उमेर हद र २ वर्षे कार्यकालको विषयमा ओलीले भने, ‘साथीहरूको आम चाहना र समयको माग र म स्वस्थ रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन ।’

ओलीले बालुवाटार ब्रिफिङमा रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्मको पनि प्रसंग कोट्याए । उनले भने, ‘रवि लामिछानेलाई मैले बनाएको हो । राजेन्द्र लिङदेनले अब झापामा जितेको हौरौ न, हिजो पो हामीले सहयोग गरेका थियौं ।’

राष्ट्रियताबारे अडान दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले यसमा राजनीति नगर्ने बताएका छन् ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब