दाँत फोहोर भएको भन्दै १७३ सैनिक बर्खास्त

  • भदौ १५, २०८२ | ४३० पटक पढिएको | सीमा संदेश
alt

कुनैपनि सैनिक के–के कारणले जागिरबाट निकालिन्छ होला ? व्यवसायिक तथा नैतिक आचरण पालना नगर्नु बर्खास्तगीमा पर्ने प्रमुख कारण हो । तर बेलायतमा भने दाँत फोहोर भएको भन्दै १ सय ७३ जना नव प्रवेशी सैनिकलाई जागिरबाट निकालिएको छ ।

समाचार अनुसार बेलायती सेनामा भर्ती भएका ती जवानलाई फोहोर दाँत भएको र दाँतमा किरा लागेको भन्दै बर्खास्त गरिएको हो ।

आफ्नो दाँत समेत सम्हाल्न नसक्ने सैनिकले सेनाका अत्यन्तै महत्वपूर्ण अभियानमा कसरी जिम्मेवारी सम्हाल्ला ? भन्दै उनीहरुलाई जागिरबाट विदा गरिएको हो ।

डेलीस्टारका अनुसार बेलायती सेनाले सैन्य सेवामा भर्खरै प्रवेश गरी सेना बन्ने इच्छा राखेका केही जवानलाई खराब दाँतकै कारण जागिरबाट निकालेको छ । पछिल्लो ४ वर्षमा १ सय ७३ जना नयाँ सैनिकलाई दाँत सडेको तथा गिँजाको भएका कारण बर्खास्त गरिएको हो ।

बेलायतको रक्षा मन्त्रालयको तथ्यांक अनुसार यस अवधिमा भर्नाका लागि अयोग्य घोषित भएका ४७ हजार नयाँ सैनिकमध्ये १ सय ७३ जनालाई दाँतको स्वास्थ्यका आधारमा सैन्य सेवाका लागि अयोग्य ठहर गरिएको हो। गत जून महिनामा प्रकाशित रिपोर्टमा २६ हजार जना सैनिकको दाँत तथा गिँजाको उपचार आवश्यक रहेको उल्लेख छ ।

हालैको एक अध्ययन अनुसार विभिन्न सैन्य अपरेसन तथा अभियानहरुमा तैनाथ हरेक १ हजार बेलायती सेनामध्ये १ सय ५० जनालाई कुनै न कुनै समयमा दन्त चिकित्साको आवश्यकता पर्दछ। त्यसैले अफगानिस्तानमा दूर दराजका ठाउँहरुमा समेत हेलिकप्टर उडाइन्थ्यो ताकि सैनिकहरुलाई तत्कालै दन्त चिकित्साका लागि सिविर लैजान सकियोस् ।

ब्रिटिस डेन्टर एसोसिएसनका अनुसार अफगानिस्तान तथा इराक युद्धको तुलनामा दाँतको समस्याका कारण बेलायतमा धेरै सैनिक अयोग्य भएका छन् । एक अध्ययन अनुसार सेनामा भर्ती हुने युवाहरुमा समाजका अन्य व्यक्तिको तुलनामा दन्त समस्या दोब्बर पाइएको छ र तीमध्ये अधिकांस गरीब पृष्ठभूमिका छन् ।

सन् २०२० देखि २०२४ सम्मको उक्त तथ्यांक अनुसार चिकित्सा आधारमा अस्वीकृत गरिएका युवामध्ये करीब आधामा मानसिक समस्या पनि देखिएको थियो । साथै उनीहरु मुटु सम्बन्धी समस्या, प्रजनन समस्या र ज्वरो लगायतका कारणले पनि अयोग्य घोषित भएका थिए ।

त्यसैगरी १ हजार ८ सय सैनिकलाई छालामा मुसा आएका कारण भर्ना गर्न अस्वीकार गरिएको छ । बेलायती सेनामा हाल ७१ हजार सैनिक छन् । जबकि २१ औँ शताब्दीको सुरुवातमा त्यो संख्या १ लाख थियो । सैनिक संख्याको यस्तो गिरावटलाई समाधान गर्न केही समय लाग्ने बेलायती रक्षामन्त्री जोन हिलीको भनाई छ । एजेन्सीको सहयोगमा

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब