कांग्रेस क्षेत्रीय सभापतिको छोराले बुवाको नाममा परीक्षा दिएको खुलासा

  • भदौ २३, २०८२ | ५६४ पटक पढिएको | सीमा संदेश
alt

पर्साको वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शनिबार भएको परीक्षामा ठूलो अनियमितता पर्दाफास भएको छ ।

मानविकी संकायअन्तर्गत राजनीति शास्त्र स्नातकोत्तर तह (एम.ए.) तेस्रो सेमेस्टरको परीक्षा चलिरहेका बेला नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक २५ वर्षीय महमद अफताब , नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा रहेका छन ।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का वास्तविक परीक्षार्थी महमद साहबुद्धिन थिए । तर परीक्षा कक्षमा भने उनका छोरा अफताब बुवाकै नाममा, आप्नो फोटो टाँसी प्रवेशपत्र प्रयोग गरेर परीक्षा दिइरहेको अवस्थामा फेला परेका छन् । नक्कली परिक्षा परिक्षा दिरहेको सूचना पाएपछि क्याम्पस प्रशासनले तत्काल अनुगमन टोली खटायो। जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा परीक्षा दिइरहेको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिइएको क्याम्पस प्रमुख यादवले बताए ।

घटनापछि अफताबलाई क्याम्पस प्रशासनले प्रहरीलाई जिम्मा लगाएको छ । हाल उनलाई वडा प्रहरी कार्यालय वीर्तामा राखिएको छ । क्याम्पस प्रशासनका अनुसार, त्रिभुवन विश्वविद्यालयको “संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०” को दफा २७० (क) बमोजिम कानुनी कारबाही अघि बढाइनेछ ।

यस प्रावधान अनुसार परीक्षामा नक्कली परीक्षार्थी पठाउने वा अरूको सट्टा परीक्षा दिने दुवैलाई कारबाही हुने व्यवस्था छ । यसर्थ, पक्राउ परेका अफताब मात्र नभई उनका पिता साहबुद्धिनमाथि समेत कारबाही प्रक्रिया अघि बढाइएको क्याम्पसले जनाएको छ ।

पर्सा प्रहरीले जनाए अनुसा, यो प्रकरण केवल शैक्षिक अनुशासन तोड्ने मामिला मात्र नभई नियम– कानूनविपरीत कार्य भएकाले विस्तृत अनुसन्धानपछि मुद्दा दायर गरिनेछ । यस घटनाले क्याम्पस र विश्वविद्यालय दुवैको शैक्षिक विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको छ ।

विद्यार्थी संगठन र सरोकारवालाले यसलाई शैक्षिक अनियमितताको ठूलो उदाहरण भन्दै कारबाही कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरे । ठाकुरराम क्याम्पसमा भएको यस घटना केवल एक व्यक्तिको गल्ती मात्र नभइ शिक्षा क्षेत्रमा बढ्दो बेइमानी र मूल्यहीनताको प्रतिबिम्ब छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब