चौरमै सदन सञ्चालन

  • कार्तिक ३०, २०८२ | १७५ पटक पढिएको | सीमा संदेश
alt

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेपछि सात दलीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिँदै सांकेतिक रुपमा विरोधदेखि बहिष्कारसम्मको कार्यक्रम गरेको छ ।

जनकपुरधाममा शनिबार मधेश प्रदेशसभा सचिवालयमा तालबन्दी गरिएको र कर्मचारीसमेत अनुपस्थित रहेको भन्दै चौरमै गठबन्धन घटक दलका सांसदको उपस्थितिमा प्रदेशसभाको परिसरको चौरमा बसेर उपसभामुख बबिता राउत इसरको अध्यक्षतामा सदन सञ्चालन गरिएको थियो ।

सो सदनमा नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव र जसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको घटना क्रमदेखि सभामुखको गलत आचरणलगायतका बारेमा उपसभामुख इसरलाई जानकारी गराएका थिए ।

त्यसपछि उपसभामुख इसरले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई गरेको कारबाही कानुनसम्मत नरहेकाले फुकुवा गरिएको जनाइन् ।

सदनमा सांसदहरुलाई सम्बोधन गर्दै उनले सभामुख रामचन्द्र मण्डलको कदम असंवैधानिक रहेको टिप्पणी गरिन् ।

सो क्रममा गठबन्धनले प्रदेशसभा अगाडि प्रदर्शनसमेत गरेका थिए ।यता मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठकमा सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।

सो बैठकमा असंवैधानिक रुपमा नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवसमेत सहभागी भएको भन्दै सात दलीय गठबन्धनले सो सर्वदलीय बैठकमा बहिष्कार गरेको जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए ।

संवैधानिक रुपमै मुख्यमन्त्री नबनेपछि सर्वोच्च अदालतले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई कामकारबाही नगर्न भन्दै अन्तरिम आदेश जारी गरेकाले आफूहरु प्रदेश प्रमुखले आह्वान गरेको बैठक बहिष्कार गरेको उनले स्पष्ट पारे ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब