एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि, जनकपुर र काठमान्डु खेल्दै

  • मंसिर १, २०८२ | ३२१ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

रातिमा पनि खेल

आम नेपाली क्रिकेट समर्थकहरूको चासोका बीच एनपीएल २०२५ का खेलहरू रातिमा पनि खेलाउन मिल्नेगरी फ्लडलाइट जडानसँगै टेस्टिङको काम पनि सकिएको छ ।

रंगशाला शहरी विकास मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार औपचारिक कार्यक्रममार्फत हस्तान्तरण समेत गरेको छ ।

यस संस्करणका कूल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा खेलिने तय छ । लिग चरणका १९ तथा प्लेअफका ३ र फाइनल गरी २३ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

नेपाली क्रिकेट इतिहासमै पहिलोपटक कुनै प्रतियोगिता फ्लडलाइटमा खेलिन लागेको हो । यसकारण जनकपुर र काठमान्डुबीचको खेल पनि ऐतिहासिक खेलका रूपमा हुनेछ ।

फ्लडलाइटमा नेपालकै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न नेपाली खेलाडीहरू उत्साहित देखिएका छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब