मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

  • मंसिर २, २०८२ | ३१६ पटक पढिएको | सीमा संदेश
alt

सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको पदमुक्त रोकिएको छ । यससँगै विवादमा परेका ती पाँचै सदस्यको पद अथावत नै रहेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेको पदमुक्तको निर्णयमा अन्तरिम आदेश जारी गरेको हो ।

गत कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टी नेपालका चार र नागरिक उन्मुक्ति पार्टीका एकजना गरी पाँच सांसदलाई लगातार १० दिन प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पदमुक्त गर्नुभएको थियो ।

पदमुक्त हुनेमा जसपाका मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद साह र नागरिक उन्मुक्ति पार्टीका उर्मिला सिंह हुनुहुन्थ्यो ।

सभामुखको निर्णयविरुद्ध प्रभावित पाँचै सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै पदमुक्त असंवैधानिक र प्रक्रिया विपरीत भएको दाबी गर्नुभएको थियो । 

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब