प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।
प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए ।
दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् ।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले अनलाइनखबरसँग भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved