पूर्वसांसद साह र झा एक हजार धरौटीमा रिहा

  • मंसिर ३, २०८२ | २३३ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा तोडफोडको क्रममा कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पूर्वप्रदेश सांसद परमेश्वर साह र लोसपा धनुषाका अध्यक्ष जिवेन्द्र झा धरौटीमा रिहा भएका छन् । उनीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक/एक हजार रुपैयाँ नगद धरौटी लिइ तारिखमा रिहा गरिएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार बिहान दुबैजनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो ।

मुख्यमन्त्री सरोज यादवलाई गैर संवैधानिक तरिकाले नियुक्ति गरिएको भन्दै कार्तिक २४ गते सात दलीय गठबन्धन आन्दोलनमा उत्रेको बेला मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्ने क्रममा पूर्वसांसद साह र जिल्ला अध्यक्ष झाले एक कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीमाथि हातपात गरिएको भन्दै ई. दीपेन्द्र साहले दिएको अभद्र व्यवहारको आधारमा उजुरीको आधारमा धनुषा प्रहरीले पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालयमा बुझाएको थियो ।

प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै सात दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गर्दै एक कर्मचारीलाई कुटपिट गरेका थिए । कुटपिटपछि नेपाल निजामती कर्मचारी युनियनले संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्तिक २४ गते ज्ञापन पत्र बुझाएका थिए भने ई. साहले उजुरी दिएका थिए ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब