सिरहाको कल्याणपुर नगरपालिकामा मध्यरातमा गोली चल्यो, दुई जना घाइते

  • मंसिर ३, २०८२ | २६० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हामा मध्यरातमा गोली चलेको छ । गाउँमा आइपुगेका आठ(दस जनाको अपरिचित समूहले गोली चलाएको हो ।

गोली प्रहारबाट स्थानीय ५० वर्षीय वीरेन्द्र महतो र उनका छोरा २५ वर्षीय अनिल महतो गम्भीर घाइते छन् । उनीहरू दुवै जनालाई उपचारका विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ ।

वीरेन्द्रको पेटमा गोली लागेको छ भने अनिलको छातीमा गोली लागेको छ । अज्ञमत समूह करिब राति १ बजेको समयमा गाउँमा आइपुगेका थिए । उक्त समूह स्थानीय भोला महतोको घरमा पुगेपछि होहल्ला मचेको थियो ।

त्यसपछि प्रतिकार गर्न खोज्दा उनीहरूमाथि गोली चलाइएको वडाध्यक्ष दिलीप यादवले जानकारी दिएका छन् । उनका अनुसार, उनीहरू भोलाका छिमेकी हुन् ।

यस घटनाका विषयमा विस्तृत अनुसन्धान कार्य भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘घाइतेहरूलाई विराटनगर पठाइएको छ,’ उनले  भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब