यादवले तोडे १० दिनपछि अनशन

  • मंसिर ५, २०८२ | २५६ पटक पढिएको | सीमा संदेश
alt

माइतीघर मण्डलामा आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन १० दिनपछि तोडेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै उनी अनशनमा बसेका थिए ।

सिंहको नाममा गृह मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले लेखेको पत्र लगेर अनशन तोडाउन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी माइतीघर पुगेका थिए ।

पत्रमा सिंहका माग सम्बन्धित निकायहरूले पूरा गर्ने प्रक्रिया अघि बढिसकेको र पूर्णता दिने अन्तिम चरणमा पुगेको उल्लेख छ ।

सिंहले घाइते जेन–जी कार्यकर्ता मदन कार्की र विजेश तामाङको हातबाट जुस पिएर भन्ने पत्र बुज्दै उनले बिहीबार साँझ अनशन तोडेका थिए । सिंहका अनुसार प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयको अनुरोध र घाइते साथीहरूको सहमतिमा अनशन तोडिएको हो ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब