आज दलबलसहित मुख्यमन्त्री निवास खाली गराइने !

  • मंसिर ५, २०८२ | २५४ पटक पढिएको | सीमा संदेश
alt

असंवैधानिक र त्रुटिपूर्ण तरिकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारलाई मुख्यमन्त्री निवास खाली गर्नका लागि अल्टिमेटम दिएका छन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसंग निवास व्यवस्थाका लागि आग्रह गरेका छन् । सोनारलाई फोन गर्दा कुनै प्रतिक्रिया नआएपछि आफूले विभिन्न पार्टी नेतृत्वसंग निवास खाली गराउने विषयमा जानकारी दिएको उनले बताए ।

यादव मुख्यमन्त्री बनेलगत्तै मुख्यमन्त्री निवासमा दिनहुँ खाली गर्नका लागि हारगुहार गर्दै आएका छन् । तर सर्वोच्च अदालतबाट मुख्यमन्त्रीको विषयमा टुंगो नलागेसम्म निवास खाली गराउने पक्षमा सात दलीय गबठन्धन छैन । यता निवास खाली गराउनका लागि मुख्यमन्त्री यादव शुक्रबार विहान पनि दलबलसहित खाली गराउने बताइएको छ ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब