तत्कालीन रुपमा समस्या समाधान गर्ने प्रतिबद्धता

  • मंसिर ६, २०८२ | २८१ पटक पढिएको | सीमा संदेश
alt

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा भत्किएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन पश्चात निर्माण प्रकृयालाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री घिसिङले भने, ‘मैले कमला पुलबारे धेरैपटक सुनिरहेको हो, पुल यस क्षेत्र र समग्रमा मधेशको लाइफलाइन हो, कमला पुलको निर्माण विना यो क्षेत्रको समग्र विकास हुन सक्दैन।’ 

मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरु सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गरेका थिए। अनुगमनकै क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिरहा तर्फ आएका थिए।

२०६८ जेठमा २४ करोड ९१ लाख लागतमा पप्पु लुम्बिनी जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको थियो। विसं २०७१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल हालसम्म सकिएको छैन। पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ।

२०७८ असार १७ को बाढीका कारण पुलका दुईवटा पाया भासिँदा क्षति भएको थियो। कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ।

मन्त्री घिसिङले विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता समेत जनाए। अनुगमनकै क्रममा मन्त्री घिसिङलाई कमला पुल निर्माण सङ्घर्ष समितिले समेत चाँडो पुल निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब