सन् २०३२ मा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने खतरा

  • पुस १२, २०८२ | ३२८ पटक पढिएको | सीमा संदेश
alt

सन् २०३२ मा एउटा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने सम्भावना करिब ४ प्रतिशत रहेको छ। यति मात्र होइन, ‘२०२४ वाईआर ४’ नाम दिइएको उक्त क्षुद्रग्रह चन्द्रमामा ठोक्किएर त्यसबाट निस्कने साना टुक्राहरू पृथ्वीको तल्लो कक्षसम्म छरिने सम्भावना पनि करिब १ प्रतिशत छ।

यसले अन्तरिक्षमा रहेका भूउपग्रह र अन्तरिक्ष यात्रीहरूलाई ठूलो क्षति पुऱ्याउन सक्छ। डिसेम्बर १७ मा आयोजित ‘अमेरिकन जियोफिजिकल युनियन’ को वार्षिक बैठकमा नासाका एयरोस्पेस इन्जिनियर ब्रेन्ट बार्बीले भने, ‘यसले पृथ्वीको कक्षमा रहेका हाम्रा सम्पत्तिहरूका लागि ठूलो जोखिम निम्त्याउन सक्छ।’

यदि वाईआर ४ चन्द्रमामा ठोक्किएमा यसले करिब ६० लाख मेट्रिक टन टीएनटी विस्फोट भए बराबरको ऊर्जा उत्पन्न गर्नेछ, जुन हिरोसिमामा खसालिएको बमभन्दा ४०० गुणा बढी शक्तिशाली हुनेछ।

सन् २०२४ डिसेम्बरमा पत्ता लागेको यो क्षुद्रग्रह सुरुमा पृथ्वीमै ठोक्किने डर थियो। फेब्रुअरी १८ सम्म यसको सम्भावना ३.१ प्रतिशत पुगेको थियो, तर पछिल्ला अध्ययनहरूले पृथ्वीसँगको ठक्कर टरेको पुष्टि गरेको छ। यद्यपि, चन्द्रमासँग ठोक्किने सम्भावना भने केही बढेको छ।

यदि यो चन्द्रमामा ठोक्कियो भने, त्यसको ८६ प्रतिशत सम्भावना पृथ्वीतिर फर्केको भागमै हुनेछ। यसबाट उत्पन्न हुने प्रकाशको चमक पृथ्वीबाटै देख्न सकिने खगोलविद् प्याट्रिक किङले बताएका छन्।

डिसेम्बर २२, २०३२ मा हुन सक्ने यो सम्भावित ठक्कर हेर्नका लागि हवाई सबैभन्दा राम्रो स्थान हुनेछ भने पश्चिमी अमेरिकाबाट पनि यो दृश्य राम्ररी देखिनेछ।

बच्ने उपाय र चुनौतीहरू

वैज्ञानिकहरूलाई हालसम्म वाईआर ४ को वास्तविक आकार र तौल ठ्याक्कै थाहा छैन, त्यसैले यसलाई सुरक्षित रूपमा बाटो मोड्न गाह्रो छ। यद्यपि, यो करिब ६० मिटर चौडा भएको अनुमान गरिएको छ।

इन्जिनियर बार्बीका अनुसार, यसलाई कुनै तीव्र गतिको वस्तु वा आणविक विस्फोट गराएर टुक्रा-टुक्रा पार्नु व्यावहारिक हुन सक्छ। यसो गर्दा चन्द्रमामा ठोक्किनु भन्दा कम्तीमा तीन महिना अगाडि नै गर्नुपर्ने हुन्छ, ताकि त्यसका टुक्राहरू पृथ्वीभन्दा टाढा फैलियोस्।

वैज्ञानिकहरूले आगामी केही वर्षभित्रै यसको अध्ययन गर्न विशेष मिसन पठाउनुपर्ने बताएका छन्। सन् २०२६ को फेब्रुअरीमा नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यसको अवलोकन गर्नेछ। त्यसपछि मात्र चन्द्रमामा ठोक्किने सम्भावना घट्नेछ वा ३० प्रतिशतसम्म पुग्नेछ भन्ने कुरा प्रष्ट हुनेछ।

यदि टेलिस्कोपले यसको अवलोकन गर्न सकेन भने, वैज्ञानिकहरूले अनिश्चितताकै बिचमा यस क्षुद्रग्रहका बारेमा गम्भीर निर्णयहरू लिनुपर्ने चुनौती आइलाग्नेछ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब