“कम्युनिस्ट नेता ग्राम्सकी र उनका सांस्कृतिक वैचारिक प्रभुत्व"

  • पुस २०, २०८२ | ३०४ पटक पढिएको | सीमा संदेश
alt

एन्टोनियो ग्राम्सकी इटलीका बीसौं शताब्दीका महान माक्र्सवादी विचारक थिए । उनी इटलीका कम्युनिस्ट पार्टीका नेता थिए । उनी माक्र्सवादबाट प्रभावित थिए । यद्यपि  माक्र्सवादी विचारसँग उनको असहमति थियो । उनले माक्र्सवादमा फरक  विचारधारा प्रस्तुत गरेका थिए । त्यसैले ग्राम्सकीलाई नव माक्र्सवादी भनिन्छ ।

कम्युनिस्ट नेता ग्राम्सकीको फरक विचारकै कारणले गर्दा  इटलीका तानाशाह शासक मुसोलिनीले उनलाई जेलमा राखे। उनको दिमागलाई कम्तीमा अर्को २० सम्म कामगर्न बाट रोक्नु पर्छ नत्र यो दिमाग फासिष्ट सत्ताको लागि खतरानक हुन्छ भनी जजले भनेका थिए । करिब आठ वर्षको जेल जीवनमा ग्राम्सकी जेल भित्रै झण्डै ३३  नोटबुकहरु लेखेर आफ्ना विचरधरहरु व्यक्त गरेका थिए ।   जसलाई प्रिजन नोटबुक  भन्ने गरिन्छ ।
ग्राम्सकी  कार्ल माक्र्ससंग असहमत हुनुको प्रमुख कारण विश्वमा  माक्र्सवाद किन  स्थापित हुन सकिरहेको छैन् । माक्र्सको क्रान्तिको परिकल्पना  किन कहीं कतै  देख्न सकिरहेको छैन तरु माक्र्सको  भविष्यवाणी किन असफल हुँदैछ ? भन्ने अनेक प्रश्नहरू उनको मनमा उब्जिनु स्वभाविक थियो । साथै कुनै पनि शासन ब्यबस्थामा चाहे प्रजातन्त्र  होस  अथवा  साम्यबाद व्यबस्था होस  किन मुट्ठीभर व्यक्तिहरूकै हातमा सत्ता र उत्पादनका साधनहरू उनीहरूकै स्वामित्वमा किन हुन्छन् रु  जबकि प्रजातन्त्रमा जनताको शासन  हुन्छ । कम्युनिज्ममा सर्वहारा वर्गको शासन हुन्छ । 

 तर  सर्वहारा मजदुर वर्गले किन उनै पनि व्यवस्थामा मुट्ठीभरको व्यक्तिको शासन  स्वीकार गर्छन् किन क्रान्ति गर्न चाहेनन् । यी तमाम  सवालहरुले  गर्दा  माक्र्सको सिद्धान्तमा कहीं कतै अड्चन या रुकावट अबस्य छ भन्ने उनको निष्कर्ष थियो । माक्र्सको दृष्टिकोण अनुसार उन्नत पूँजीवादी समाजमा सर्वहारावर्गले  क्रान्ति गर्छन किनभने त्यस्ता समाजमा  अत्यधिक शोषण हुन्छ   जसले गर्दा  सर्वहारा वर्गले  क्रान्ति गर्छन् र  पुँजीवादी व्यवस्थाको अन्त्य गर्छ  भन्ने  मान्यता  हो । 

तर त्यो क्रान्ति पश्चिमी  पुँजीवादी देशहरुमा कहीं पनि  हुन सकेन  । फ्रान्स, युनाइटेड किंगडम इटाली  जहाँ पूँजीवाद ज्यादै शक्तिशाली र चरम अवस्थामा पुगेको थियो जहाँ वर्ग संघर्ष  तिब्र रुपले  चलिरहेको थियो ।त्यहाँ क्रान्ति किन भएन । किन सर्वहारा वर्गले त्क्रान्ति गरेनन् ? किन उनीहरू क्रान्तिकारी बनेनन् ? किन  उनीहरू क्रान्तिप्रति प्रेरित भएनन् ? किन उनीहरू सन्तुष्ट रहयो ?  यसको रहस्य के हुन सक्छ  भन्ने कुरालाई  ग्राम्सकीले आफ्नो वैचारिक र सांस्कृतिक प्रभुत्व सिद्धान्तको व्याख्या मार्फत दिन खोजेका हुन ।

आखिर प्रभुत्व भनेको के हो रु जसलाई अङ्ग्रेजीमा हेजेमोनी भनिन्छ ।  यो शब्द  प्राचीन युनान्बाट उत्पति भएको हो । जसको अर्थ त्यति बेला सैन्य रूपले शक्तिशाली राज्यले अन्य कमजोर निर्बल राज्यमाथि उनको हुकुम चल्थ्यो। उसको  आज्ञाको पालन गर्नुपर्ने अर्थात् शक्तिशाली राज्यले कमजोर राज्य माथि जे चाहृयो त्यो हुन्थ्यो भन्ने अर्थमा प्रयोग हुन्थ्यो । तर आजको  समयमा कुनै राज्य ले अर्को राज्य माथि सैन्य रूपले आक्रमण गरेर  आफ्नो वर्चस्व कायम गर्न खोज्नु ,राजनीतिक प्रभुत्व स्थापित गर्न  खोज्नु कदापि सम्भव हुँदैन ।

 ग्रान्सकीको अनुसार  पूँजीपति वर्ग वा कुनै सत्ता धारी वर्गले हिंसा, बल प्रयोग, गुण्डागर्दी,  पुलिस लाठी को आधारमा शासन गर्दैन बल्कि  मानिसहरूको दिमाग र मनलाई प्रभावित गरेर  उनीहरूलाई फकाएर, सम्झाएर , चित बुझाएर , सांस्कृतिक रूपले परिवर्तन गरेर , भावनालाई प्रभावित  गरेर  मगज धुलाई गरी आफ्नो संस्कृतिमा ढालेर  सहमतिको आधारमा शासन गर्दछन् । 

यसको निम्ति  उनीहरूले नागरिक समाजको प्रयोग गर्छन् । पुँजीवादी समाजको बुद्धिजीवी,मीडिया, प्रेस, टेलिभिजन, अखवार, रेडियो,  धार्मिक संस्था, ट्रेड युनियन , स्कूल,क्याम्पस,परिवार सबै  पूँजीपति वर्गको हितमा यस्तो संस्कृति निर्माण गर्छन् कि सर्वहारा मजदुर वर्गले तिनीहरूमा विश्वास गर्न  थाल्दछन्  र त्यसकै आधारमा काम गर्न थाल्छन्  ।धार्मको पालन गर्ने , सत्य बोल्नु ,चोरी गर्नु पाप हो, सम्पति मिहिनेतले कमाउनु पर्छ । सभ्य व्यक्तिले विरोध गर्नु हुन्न , लड़ाई गर्नु हुन्न , सहने क्षमता हुनुपर्छ । परिवारको लागि सोच्ने, काम गरनु पर्छ भन्ने खालका  सांस्कृतिक विचारहरुले यस्तो  वातावरण सिर्जना गरी दिन्छन्की शोषित वर्गले आफू शोषित भएको महशुस गर्दैनन् । उनीहरू क्रान्तिको आवश्यकता महशुस गर्दैनन्। 

हेजेमोनि  के हो  रु यो  कसले  निर्माण गर्छ रु  भन्ने सम्बन्धमा ग्राम्सकीले समाजमा दुई किसिमका बुद्धिजीवी हुन्छन् । परम्परावादी बुद्धिजीवी र जैविक बुद्धिजीवी । शिक्षक, प्राध्यापक, लेखक, डाक्टर, इन्जिनियर, वकील, कलाकार, व्यवस्थापक जो शासकवर्गको सेवा गर्ने , सेवा गर्ने आफ्नो लागि काम गर्ने  परम्पारगत बुद्धिजिवीहरु हुन । अर्को खालको बुद्धिजीवी जो समाजको बारेमा सोच्ने, समाजको परिवर्तनको बारे सोच्ने, समाज भित्र  केही गर्न खोज्ने, समाजलाई नेतृत्व प्रदान गर्न अगाडि बढ्ने ,वर्ग हित चेतना र नेतृत्त्व गर्ने बुद्धिजीवी हो जसले सांस्कृतिक प्रभुत्व स्थापित गरी वर्ग संघर्षलाई अगाडि बढाउँछ ।

जसले समाजमा परिवर्तन ल्याउने उत्प्रेरकको भूमिकाको काम गर्छ। यस्ता खालका बुद्धिजीवी आर्गेनिक वा संगठनकारी  बुद्धिजीवी हुन । लेनिन, माओ, चे गोभरा, महात्मा गान्धी,  ग्राम्सकी लाई जैविक वा संगठनकारी बुद्धिजीवी भन्न सकिन्छ । आर्गेनिक बुद्धिजीवी पूँजीपतिवर्ग र मजदूरवर्ग दुवै का लागि हुन्छन् । पूँजीपति वर्गका आर्गेनिक वा  जैविक बुद्धिजीवी हेजेमोनी जसलाई आधिपत्य भनिन्छ त्यो तयार गर्ने काम गर्छन्  ग्राम्सकी भन्दछन कि त्यो आधिपत्य लाई तोड्ने हो भने क्रान्ति ल्याउने हो भने अर्को हेजेमोनी  वा आधिपत्य तयार गर्नु पर्छ जुन मजदुर वर्गीय विचारधारा संस्कृति हुन्छ त्यसलाई तयार पार्नु पर्छ । र त्यो मजदुर वर्गको बुद्धिजीवीले गर्ने छ। 

ग्राम्सकी भनाइ अनुसार पूँजीपति वर्गका बुद्धिजीवी र मजदुर वर्गीय संगठनकारी बुद्धिजिवीका बीच दुवै खालका सांकृतिक बीच समाजमा टक्राउँछ र जब मजदुर वर्गीय विचारधारा वा संस्कृति मजदुर वर्गमाथि  हावी हुन्छ तब त्यहाँ क्रान्ति आउँछ क्रांति कुनै एक व्यक्तिले झण्डा उठाउँदैमा हुने कुरा होइन । क्रान्तिका लागि एक आधिपत्य को टक्कर माथि अर्को आधिपत्य खडा गर्नु आवश्य हुन्छ  जो मजदुर वर्गीय आधिपत्य हुन्छ । क्रान्तिको मुख्य आधार नै वैचारिक संघर्ष हो । मानिसको दिमाग मन मस्तिष्कमाथी विजय गरेर त्यसपछि मात्र समाजमा क्रान्तिको बारेमा सोच्न सकिन्छ। 

माक्र्सका अनुसार पहिला  पश्चिमी पुँजीवादी समाजमा सर्वहारा मजदुर क्रान्ति हुन्छ पूँजीवादको अन्त्य हुन्छ र समाजवाद आउँछ  तर त्यहाँ हुन सकेन ति मुलुकहरु झन् साम्राज्यवादी भए । विश्व लुट्ने  व्यवस्थामा पो परिणत भएँ  बरु सोभियत रुसमा लेनिनले नेतृत्वमा सर्वहारा क्रान्ति सम्पन्न भयो । ग्राम्सकी ले त्यहाँको अध्यन गर्दा त्यहाँ सत्ता संघर्षको लागि क्रान्ति भएको थियो ।  विशिष्ठ वर्गले  गरेको क्रान्ति रहेछ। पहिलो विश्वयुद्धबाट थलिएका शासकलाई सजिलै सत्ताबाट फाल्न सफल भएका थिए । त्यसलाई ग्राम्सकि ले  सर्वहारा क्रान्ति स्वीकार गर्दैनन् किनकी क्रान्ति पछि पनि त्यहाँका जनतामा धनी बन्ने चाहना छदै थियो ।

ग्रमसकिको माक्र्स संगको आधारभूत भिन्नता भनेको माक्र्सले समाजमा अर्थ व्यवस्थालाई प्रमुख मानेका छन् । आर्थिक स्थितिले नै राजनीतिक , सामाजिक, संस्कृति पक्षलाई प्रभावित पार्दछ । तर ग्रामसकीले आर्थिकले मात्र होइन संस्कृतिको पनि उतिकै महत्वपूर्ण भूमिका हुन्छ।  माक्र्सले सांस्कृतिको जन्म अर्थ बात हुन्छ यो आर्थिक को एउटा भाग हो भन्ने मान्दछन् जुन ग्राम्सकी स्वीकार गर्दैनन् उनका अनुसार   संस्कृति फरक कुरा हो यसको इतिहास संगको सन्दर्भ रहेको मान्दछन्। 

सर्वहारावर्गको पुँजीवादीवर्गको विरुद्धको राजनीतिक वैचारिक क्रान्ति संघर्षमा वैचारिक सांस्कृतिक प्रभुत्वको आवश्यकतालाई जोड दिएका छन् । मजदुर वर्गको बुद्धिजीवी बीच एक शक्ति संघर्ष हुन्छ । त्यसमा दुवै वर्गको संस्कृति समाजमा टक्राउँछ  र जब मजदुरवर्गीय संस्कृति र विचारधारा मजदुर वर्गमाथि हावी हुन्छ तब त्यसबेला क्रान्ति आउँछ । एक व्यक्तिले झण्डा उठाउँदैमा  क्रान्ति ल्याउन सकिँदैन । क्रान्तिका लागि एक आधिपत्य को टक्करमा अर्को आधिपत्य तयार गर्नु  जो मजदुर वर्गीय आधिपत्य हुन्छ । क्रान्तिको मुख्य आधार हो  विचारधाराको संघर्ष हो । 

पहिला विचरधरमाथिको विजय  प्राप्त गर्नु पार्दछ  पहिला मानिसहरूको दिमाग ऊपर विजय प्राप्त गर्नु पर्दछ तब मात्र क्रान्तिको बारेमा सोच्न सकिन्छ । माक्र्सले एतिहासिक भौतिकवाद मा वस्तु म्याटर लाइ  बढी महत्व दिएका छन् इतिहासलाई होइन । समाजमा आर्थिक स्थितिलाइ महत्वपूर्ण मान्दछन्  आर्थिक ले नै राजनीतिलाई हाँक्ने र प्रभाव पार्ने  काम गर्छ  सस्कृतिक एउटा  अर्थकै भव हो भन्ने बुझाइ रहेको पाईन्छ यहीँनिर ग्राम्सकी र माक्र्स बीच आधारभूत भिन्नता रहेको पाईन्छ । ग्राम्सकी को विचारमा सस्कृतिक,वैचारिक, राजनीति, साहित्य पनि उतिकै महत्वपूर्ण हुन्छ ।   संस्कृतिको निर्माण, मानवको भूमिका ,सांस्कृतिक मूल्य मान्यता पनि ज्यादै महत्तवपूर्ण हुन्छ । इतिहासलाई उठाएर हेर्यौं भने विभिन्न समयमा व्यक्ति हरुले गरेका योगदान चर्चा र उनीहरूको भूमिकालाई नकार्न सकिँदैन भन्ने बुझाइ रहेको छ। त्यसैले यही माक्र्स संगको भिन्नताले गर्दा ग्राम्सकी लाई नव माक्र्सवादी भनिएको हो।

ग्रमसकी भन्दछन कि मजदुर सर्वहारा वर्गलाई जती नै संगठित गरे पनि उनीहरूमा सांस्कृतिक वैचारिक परिवर्तन हुन्न , मजदुर वर्गीय संस्कृति र विचार हुन्न तब उनीहरू कुनै क्रान्ति गर्दैनन् । १९१७ मा सोभियत रुसमा भएको क्रान्ति मजदुर वर्गद्वारा आएको  क्रांति थिएन किनकि त्यहाँको मजदुर क्रान्तिका लायक थिएन । त्यो त सत्ता संघर्ष द्वारा आएको क्रान्ति थियो । प्रथम विश्व युद्धका कारण त्यहाँका शासक कमजोर भै सकेको ले सजिलै उसलाई सत्ताबाट फालेका थिए । त्यहाँको क्रान्ति एक विशिष्टवर्गको क्रान्ति थियो । 

त्यो कर्नती मजदुर वर्गको क्रांति थिएन  भन्ने निष्कर्ष निकाले किनभने त्यो क्रान्ति पश्चात् पनि त्यहाँको मजदुरहरु मा कसरि धेरै जम्मा गर्ने र धनी बन्ने सोच   छदै थियो । सांस्कृतिक वैचारिक कुरामा विश्वास गर्दैनथे । त्यसैले आज रसियामा जातको पूँजीपति अमेरिकामा पनि छैन । चीनमा माओ ले सांस्कृतिक क्रान्ति गरे     यसरी  ग्रम्सकी का अनुसार हेर्दा हरेक ठाउँमा  आर्थिक आधारमा मात्रै निर्णय हुन्छ भन्नु सान्दर्भिक हुँदैन ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब