सिरहा–३ : पुराना पार्टिको पुरानै एजेन्डा, नयाँले जेनजीलाई न्याय

  • माघ १८, २०८२ | २७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ १८ गते । सिरहा–३ मा मुख्य प्रतिस्पर्धी ठानिएका पुराना दलहरुले प्रत्यक्षतर्फ आधा नयाँ आधा पुराना उम्मेदवार अघि सारेपनि उनीहरूका एजेन्डा भने पुरानै देखिएका छन् । पुराना मात्रै होइन, लगभग मिल्दाजुल्दा पनि छन् ।

६ माघमा मनोनयन दर्ता गरेपछि मतदाता भेटघाट थालेका उम्मेदवार उस्ताउस्तै वाचा र प्रतिबद्धता बोकेर जनतामाझ पुगेका छन् । जुन एजेन्डा यसअघिका उम्मेदवारले उठाए पनि, पूरा गर्न ध्यान दिएका थिएनन् ।
उम्मेदवारी दर्ताको भोलिपल्टैबाट मतदाता भेटघाट गरिरहेका नेपाली कांग्रेसका नायँ उम्मेदवार सुभाष चन्द्र यादबले भ्रष्टाचारको अन्त्य, बेरोजगारी, दलित, महिला, अल्पसंख्यक र निम्न आय भएका व्यक्तिले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन् ।

मधेश आन्दोलनबाट उदाएका मधेशवादी दल जसपा नेपालका उम्मेदवार अश्रेश्वर यादबले ‘युवाहरूको विदेश पलायन रोकेर उनीहरूलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने कुरा सोच्नुपर्ने बेला आएको बताउँछ । भदौको आन्दोलन त्यसैको उपज हो,’ यादबले भने, ‘यतिमात्र होइन यहाँका मधेशी, दलित, महिला, अल्पसंख्यक र निम्न आय भएका नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न मेरो उम्मेदवारी हो ।’

नेकापाका उम्मेदवार पूर्व मन्त्री विश्रनाथ साहसँग पनि कुनै नयाँ एजेन्ड छैन् । विगतमा मन्त्री भएपनि साहले यस क्षेत्रका लागि कुने विकासका समझन लाइगको योग्दान दिइएको छैन । अहिले पनि पुरानै मोअवादी युद्धकालिन सपना, सडक विकास, शिक्षा, स्वास्थ्य र लोकतान्त्रिक गणतन्त्रका स्थापना जस्ता विषय वस्तुलाई एजेन्डा बनाई मत मागिरहेको छ ।

साहले २०७९ को निर्वाचनमा पनि उम्मेदवार बन्नेको थियो । पछिल्लो समयमा गोलबजार नगरपालिका लगायत यस निर्वाचन क्षेत्रका विकास निर्माणमा भईरहको नियम विपरितका अनियमित कार्य र भ्रष्टाचारका विषयहरुमा मौन रहेको आरोप जनताका छन् ।

नयाँ अनुहार डाक्टरको पेशबाट राजनीतिमा आएका नयाँ पार्टि रास्वपाका उम्मेदवार डा. शम्भु कुमार यादबले जेनजी अन्दोलनका पिडा सुनाउँदै मत माग्छ । तर उनी पनि विकासका एजेण्डामा उस्तै उस्तै एजेन्डा सुनाउँछ । जेनजीले उठाएका माग आफ्नो पार्टिले सामाधान गर्छ भने प्राथमिकका एजेन्डा रहेको बताउँछन् ।

एमालेबाट यसै क्षेत्रमा दुई पटक निर्वाचन जितिसकेका पूर्व मन्त्री लिलानाथ श्रेष्ठ भन्छन्– शिक्षा, स्वास्थ्य र पूर्वाधार पहिलो प्राथमिकता रहेका छन् । पछिल्लो समय पार्टीको प्रदेशका नेतृत्व सम्हालिरहेका श्रेष्ठ शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै यहाँको प्रमुख आवश्यकता हो ।  यहाँको खानेपानी, ढल निकास, किसान र मजदुरले भोग्नुपरेका समस्या हल गर्न लाग्छु उनको भनाइन्छन्। ’ तर उनले दुई वर्षमा यस निर्वाचन क्षेत्रमा गरेको विकासका कार्य प्रति व्यपक अन्तुष्टि जनतामा छन्।

यता गोलबजार–लगदी–गदियानी सडक निर्माण कार्य करिब ८ वर्षअघि सुरु भयो । तत्कालीन भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले सडक शिलान्यास गरेका थिए । तर अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । शिलान्यास भएको यतिका वर्ष बितिसक्दा पनि सडकको अवस्था उस्तै रहँदा स्थानीय बासिन्दा आक्रोशित छन् ।

सडक नबन्दा सवारीसाधन चल्दा उड्ने धुलो–धुवाँले बालबालिका, वृद्ध–वृद्धा र महिलासहित सबै उमेर समूह प्रभावित भएका छन् । धुलोका कारण आँखा पोल्ने, खोकी लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको स्थानीय बताउँछन् ।

स्थानीय बौकीदेवी मुखियाले पीडा व्यक्त गर्दै भनिन्, ‘आठ वर्षदेखि सडक नबन्दा हामी धुलो खान बाध्य छौँ । आँगनमा बसेर खाना खानुपर्दा भात–दालसँगै धुलो खानुपर्छ । छोराछोरी धुलो–धुवाँले बिरामी भइरहेका छन् ।’उनका अनुसार, चुनाव नजिकिँदा नेताहरू सडक बनाइदिन्छौँ भनेर आउने गर्छन्, तर चुनाव सकिएपछि फर्केर हेर्दैनन् ।

मत माग्दै गाउँगाउँ डुलिरहेका सबै उम्मेदवार सडक निर्माणलाई पनि मुद्दा बनाएका छन् । तर स्थानीयलाई छिट्टै बन्ला भन्नेमा विश्वास लागिरहेको छैन । स्थानीय कैली राम चिन्ता व्यक्त गर्दै भन्छन्, ‘भोट हाल्दा–हाल्दै मर्ने उमेर भइसक्यो, तर लगदी–गदियानी सडक कहिले बन्छ थाहा छैन । मेरो पालामा कालोपत्रे देख्न पाइएला जस्तो छैन ।’

यस क्षेत्रका मतदाताहरू अब भाषण गर्ने होइन, काम गरेर देखाउने नेतृत्व खोजिरहेका छन् । पटक–पटक चुनावमा जितेर जाने तर जनताको समस्या वर्षौंसम्म नसुन्ने नेताप्रति स्थानीयहरू आक्रोशित छन् । स्थानीय युवा मनिष कुमार महराले आक्रोश पोख्दै भने, ‘हामी ८ वर्षदेखि सडकको धुलो खाँदै आएका छौँ । मानिस बिरामी पर्न थाले, तर आजसम्म सडक बन्न सकेको छैन । हरेक चुनावमा यही सडकलाई एजेन्डा बनाएर मत मागिन्छ । अब हामीलाई नयाँ, इमानदार र काम गर्ने नेता चाहिएको छ।’

गोलबजार नगरपालिका, अर्नामा गाउँपालिका, सिरहा नगरपालिका लगायत आसपासका जम्दह, लालपुर, बेतौना, महनौर, बुदियाचाप, रामजानकी बजार, हरकट्टा, कैलपुर, हकपारा, कट्टिटोल, सिक्का ज्योती हुँदै लगदी–गदियानी बस्ती जोड्ने यो सडक नबन्दा करिब एक लाखभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित छन् ।
यस निर्वाचन क्षेत्रमा १ लाख १९ हजार मतदाता छन्।

स्थानीयका अनुसार यो सडक निर्माण सम्पन्न भएमा व्यापार, शिक्षा, स्वास्थ्य सेवा र आवागमन सबै सहज हुने थियो । तर ८ वर्ष बित्दा पनि काम पुरा नहुँदा विकासप्रति जनताको विश्वास कमजोर बन्दै गएको छ । सिरहा क्षेत्र–३ का मतदाताहरू यसपटक अघिल्ला निर्वाचनभन्दा फरक निर्णय लिने मनस्थितिमा देखिन्छन् । उनीहरू भन्छन्– अब बाचा मात्रै सुन्ने समय सकियो । काम गरेर देखाउनेलाई मात्रै भोट दिन्छौँ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब