बालेनको ’रोड सो’ ले जागियो जनता : कांग्रेस नयाँ पार्टि ?

  • माघ २८, २०८२ | १५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मधेसका मतदातामा लहर ल्याउन ’रोड सो’ गरेका छन्। जस अन्तर्गत उनले मधेस प्रदेशको पूर्वी सीमा जिल्ला सप्तरीबाट गाडीबाटै हात हल्लाउँदै घण्टी बजाउँदै ’रोड सो’ गरी फर्किएका छन् । साहको ’रोड सो’ कार्यक्रमलाई उनका पार्टि कार्यकर्ताहरुले जनता जागरणको नाम दिईरहेका छन्।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उनी राजविराज आएका थिए। नेता–कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिरहँदासमेत बालेन गाडीबाट ओर्लिएनन्।
गजेन्द्र चोक आउँदा उनले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा समेत माला फ्याकेर हिँडे विषय सञ्चार माध्यहरुमा चर्चा भईरहेको छ। उनी माल्यार्पन गर्न गाडीबाट नओर्लिएपछि नेता–कार्यकर्ता र समर्थक हेरेको–हे¥यै भए।

गजेन्द्र नारायण सिंहको सालिकमा माल्यार्पण गरेर छेउमै रहेको पार्टी कार्यालय पुग्ने कार्यक्रम रहे पनि बालेन्द्र पार्टी कार्यालय अगाडिबाटै गाडी नरोकी हिँडेका थिए। राजबिराजकै एक होटलमा खाना खाइरहँदा पुनः फर्किएर पार्टी कार्यालय र गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गर्छन् कि ठानेर नेता–कार्यकर्ता र समर्थकहरू एक घण्टाभन्दा बढी त्यहाँ पर्खेका थिए।

तर, खाना खाएर उनी हुलाकी सडक हुँदै पश्चिमतर्फ लाग्दा नेता–कार्यकर्ता र समर्थक निरास भएर फर्किएका थिए। उनले गजेन्द्र बाबुको सालिकमा माला फ्याकेको विषय आलोचित र भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ।

बालेन्द्र सिरहा हुँदै कमला नदीको भत्केको पुल छेउबाट बनाइएको डाइभर्सनको बाटो धनुषा जाँदै छ्न। उनी हुलाकी मार्गबाट मधेस प्रदेशको पश्चिमी सीमा जिल्ला पर्सासम्म पुग्ने कार्यक्रम रहेको राश्वपाले जनाएको छ।

यता नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेस पार्टि नै नयाँ पार्टि रहेको गोलबजारको कार्यक्रम संबोधनमा बताएको छ । नयाँ पार्टीको सन्दर्भ उठाउँदै सभापति थापाले भने, ‘माघ १ गते जुन पार्टी नयाँ नेतृत्व र योजनासहित आएको छ, त्यहि पार्टी नयाँ हो।

त्यसैले नेपाली काँग्रेस अहिलेको सन्दर्भमा विचार, सिद्धान्त र नेतृत्व सवहिसावले नयाँ हो।’ जनताले मत दिई पाँच वर्ष कार्य गर्न जिम्मेवारी दिइए भ्रष्टाचारको विरुद्ध कठोर कदम उठाउने बताएका छन्।  सभापति थापाले नेपाललाई महारोग लागेको बताउँदै अवको ५ बर्ष त्यसको उपचारमा लागाउने बताए। उनेभने, ‘नेपालमा लागेको महारोगको उपचार गर्नु पर्ने छ।

त्यो महारोग भनेको नेपालको भ्रष्टाचार हो। यो भ्रष्टाचारलाई जरैबाट समाप्त पार्न एउटा जिहाद चाहिएको छ, एउटा संग्राम चाहिएको छ, नेपाली काँग्रेसले त्यसको नेतृत्व गर्छ।’

नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै सभापति थापाले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुने बताए। ‘नागरिक रिसाएका छन् किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्, नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ।

त्यसैले आफ्नो बारेमा नसोची नागरिकहरूले के भन्न खोजिरहेका छन्, भन्ने बुझ्ने प्रयास गरौँ। अनि जनतामा आशा जगाउन सकिन्छ।’उनले अव नेपाली काँग्रेसलाई भ्रष्टाचार गर्ने छुट छैन, त्यसको अभियान हामी टाउकोबाट सुरुगर्ने प्रतिबद्धता जनाए। 

उनले नेपाली काँग्रेस यो पटकको चुनावमा घोषणापत्र नल्याउने भन्दै उनले प्रतिबद्धता पत्र ल्याएने बताए। उनले भने, ‘यो चुनावमा नेपाली काँगे्रेसले घोषणापत्र ल्याउँदैन, प्रतिबद्धतापत्र लिएर आउँछ। प्रत्यक महिना के गर्ने भन्छ, अर्को महिना भनेका के के काम पुराभए, त्यसको जनस्तरमा समिक्षा गर्छ र अर्को एकमहिनाको योजना बनाएर काम गर्छ।’

सोही क्रममा उनले अव किसानले मल पाएन, विरामी उपचार पाउन सकेन र जनता ठगिने अवस्थाको नेपाली काँग्रेसले अन्य गर्ने बाताए। एनले भने, ‘ति सव काम म एक्लेले गर्ने होइन्, त्यसको लागि एउटा टिमको आवशयकता पर्छ।

त्यसको लागि नेपाली काँग्रेसका उम्मेदवार साथीहरुलाई संसदमा पुर्याउने आम जनताको काम हो। तपाईंहरुले जिताएर पठाउनु पर्छ।’स्वागत कार्यक्रममा समयभन्दा ३ घण्टा ढिलो आईपुगेका थापाले आफूले सोचेको भन्दा पफरक खालको साथीहरुले कार्यक्रमको आयोजना गरेकोले समयमा पुग्न नसकिएको बताए।  

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब