जनमतले लिए समर्थन फिर्ता

  • वैशाख २२, २०८३ | १३५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकार गतिहिन र आर्थिक अनियमिततामा लिप्त रहेको आरोप लागि रहेको बेला जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

दलका प्रमुख सचेतक चन्दन सिंहले जनाए अनुसार नौ जना साँसदको हस्ताक्षर सहित समर्थन फिर्ता लिएको पत्र सोमबार प्रदेश प्रमुख सुरेन्द्र लाभलाई बुझाइएको छ ।

जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद मन्त्री रहेका छन् । बबिता इश्र उपसभामुख छिन् । जनमत पार्टीमा सत्ता विवाद चुलिएको छ । यसअघि जनमत पार्टीकै मुख्यमन्त्री सतिश कुमार सिंहलाई दलका नेता महेश यादवको नेतृत्वमा जनमत पार्टीले समर्थन फिर्ता लिएको थियो ।

यसैगरी स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालले पनि साँसदहरुको हस्ताक्षर सोमबार गराइ सकिएको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र मंगलबार प्रदेश प्रमुखलाई बुझाइने स्रोतले जनाएको छ। जसपा नेपालले समर्थन फिर्ता लिए नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने तयारी छ ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब