कमला पुलमा बजेटमा नपारिएको भन्दै आन्दोलन घोषणा

  • जेठ १७, २०८३ | २१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा धनुषा जोेड्ने कमला नदीमा पुलका लागि बजेट नपारिएको भन्दै  जेठ १८ गतेबाट निर्णायक आन्दोलन जनकपुरधाम स्थित प्रदेश सभा अगाडि प्रर्दशन गर्ने निर्णय आन्दोलन समितिले घोषणा गरेको छ । पाँच बुदैँ माग राखि आन्दोलन गर्ने शनिवार कमला पुल निर्माण समितिले जनाएको छ ।

 पुल बन्न थालेको करिब १५ वर्ष हुँदै छ। तीन वर्षमा बनिसक्नुपर्ने पुल झन्डै नौ वर्षपछि निर्माणको अन्तिम चरणमा बाढीले भासिएपछि कछुवा गतिमा पुनर्निर्माण भइरहे पनि सामान्य बाढीमा समेत ओहोरदोहोर गर्नेहरू सास्ती झेल्न बाध्य छन्।

आगामी आर्थिक वर्ष ०८३÷८४ का लागि संघीय सरकारले शुक्रबार ल्याएको बजेटमा हुलाकी सडक आगामी तीन वर्षभित्र सम्पन्न गर्न र आठवटा पुल निर्माणका लागि चार अर्ब बजेट विनियोजन गरिएको भए पनि हुलाकी सडकमै पर्ने पुनर्निर्माण भइरहेको कमला पुल नपरेको भन्दै स्थानीय रुष्ट भएका छन्।

‘आफूहरूलाई नयाँ दाबी गरिरहेको सरकारले वर्षौंदेखि मधेशका नागरिकले भोग्दै आएका समस्यालाई नजरअन्दाज ग¥यो,’ सिरहाका किशोरी यादवले भने, ‘नयाँ भनिनेले केही गर्लान् कि भन्ने आशा थियो, तर पुरानाले जति पनि नगर्ने देखियो।’

सिरहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवले कमला पुलमा आएर जसरी पनि बनाई छाड्छौँ भन्दै कसम खानेहरूले सत्तामा पुगेपछि बजेटमा पुलको बारेमा एक शब्दसम्म नराखिनु राजनीतिक बेइमानी गरिएको बताए। ‘सत्तामा नहुँदा मधेश र मधेशीलाई भजाउने अनि सत्तामा पुगेपछि बिर्सिने कस्तो निर्लज्जता हो ?’ उनको आक्रोश छ। 

३१ जेठ २०६८ मा पप्पु लुम्बिनी जेभीले भ्याटसहित २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको चार सय ६९.२ मिटर लामो पुलको निर्माण व्यवयासीले नै डिजाइन गरी निर्माण गर्ने मोडलमा निर्माण भइरहेको थियो।

निर्माणको अन्तिम चरणको काम भइरहेका वेला १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फ दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेको थियो। त्यसपछि पटक–पटक आएको बाढीले पुलको पश्चिमतर्फ करिब ५० मिटर खण्ड सडक बगाएको छ भने नदीको मूल भँगालो पूर्वबाट बगिरहेको छ।

 पूर्वी भँगालोमा बगिरहेको कमलामा ८० लाखको टेन्डरमा गत पुसमा बनाइएको ह्युमपाइपसहितको डाइभर्सन सकुशल भए पनि नदीको मध्यभागमा सामान्य पानी पर्दा पनि करिब दुई तीन फिट पानी बग्दा आवजावतमा कठिनाइ भइरहेको स्थानीयको गुनासो छ।

साधु भेषमा लुक्दै फरार मेयर सिंह

किर्ते कागजात तथा नागरिकता प्रकरणसँग सम्बन्धित मुद्दामा ...

रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म ...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन् ...

जेठ १७ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १७ गते । आइतबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब