नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानुनी राज्यको गम्भीर असफलता हो : उपेन्द्र यादव

  • असार २६, २०८३ | २०७ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनालाई लोकतान्त्रिक एवं कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन्।

शुक्रबार जारी शोक वक्तव्यमा अध्यक्ष यादवले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाहजस्तो अन्तिम निर्णयमार्फत अभिव्यक्त गर्न बाध्य हुनु कानुनी राज्यका लागि अत्यन्त गम्भीर चेतावनी भएको उनले बताएका छन्।

‘एउटा व्यक्तिको मृत्युमा परिवारले आफ्नो सदस्य मात्र गुमाउँदैन, समाजले एउटा सक्रिय नागरिक गुमाउँछ र राज्यले आफ्ना नागरिकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्छ,’ अध्यक्ष यादवको वक्तव्यमा उल्लेख छ।

अध्यक्ष यादवले उक्त घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा टार्न नहुने उल्लेख गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्‍याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्। घटनामा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरवाही, अन्याय वा गैरजिम्मेवारी देखिए कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।

यादवले सरकारले दिवंगत गणेश नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोग तत्काल उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्। साथै, श्रमिक वर्ग, कामदार, युवा तथा आम नागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्यायमा सहज पहुँच सुनिश्चित गर्ने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

‘मानव जीवनभन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन। राज्यको पहिलो दायित्व नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु हो। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ यादवले वक्तव्यमा उल्लेख गरेका छन्।

यस प्रकारका दुःखद घटनालाई राज्य, समाज र सम्बन्धित सबै पक्षका लागि गम्भीर आत्मसमीक्षा र जिम्मेवारीबोधको विषय बनाउनुपर्ने उनले बताएका छन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब