सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिकाले मनाए ८ औँ वार्षिक उत्सव सत्य, तथ्य, निष्पक्ष भएर सूचना संप्रेषण गर्न वक्ताहरुका सुझाव

  • साउन ६, २०८३ | ८० पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । सिरहाको गोलबजारबाट प्रकाशन भईरहेको सीमा सन्देश राष्ट्रिय   दैनिक पत्रिका ८ औँ वर्षमा प्रवेश गरेको छ । २०७६ साल श्रावण ५ गतेबाट दैनिक प्रकाशनमा आएको अवसरमा मंगलवार एक कार्यक्रमको आयोजना गरी पत्रिकाले आफ्नो वार्षिक उत्सव मनाएको हो ।

3

बरिष्ठ पत्रकार अर्जुन थापलियाले आफ्ना शुभकामना दिदै भने, पत्रकारहरुको आस्था र विचार फरक भएता पनि काममा पत्रकारिताको सिद्धान्तबाट प्रेरित हुनुपर्ने हो । पत्रकारिता भनेको लोकतन्त्रको सबैभन्दा बलियो हतियार भएकाले यसको बलले पत्रकारले समाज सुधार गर्नुपर्ने उनको भनाइ थियो । सुशासन र पारदर्शितामा नचुक्नेले पत्रकारसंग डराउनु नपर्ने उनले बताए ।

सत्य, तथ्य समाचारले संचार माध्यमप्रति आम सर्वसाधारणको विश्वास बढ्उन अहिले आवश्यकता रहेको आकाश गंगा टिभिका पत्रकार संजय यादबले जोड दिइए । पत्रकारिता क्षेत्रमा अहिले धेरै चुनौती रहेको बताउदै मिडियाको अस्तित्व हराएमा समाजको अस्थित्वसमेत हराउन लागेकोले जिम्मेवार भई कार्य गर्नुपर्ने गमकपोष्टका सम्पादक आशिस विशर्कमाले बताए ।

753267050_1010549651858794_4091331844834212013_n

व्यवसायीहरुले गरेको राम्रो कामलई पत्रिकाले अगाडि ल्याएको र यसले समाजमा सकारात्मक प्रभाव परेको माउण्ट एभरेष्ट माध्यमिक विद्यालयका संस्थपक प्रध्यानाध्यापक मनोज कुमार यादबले बताए । सीमा सन्देश राष्ट्रिय  दैनिक पत्रिकाले जिल्लाभित्रका गलत कार्यहरुलाई निरन्तर खबरदारी गरिरहेको र यसले सम्बन्धित निकायहरुलाई सच्चिने मौका मिलेको उनले जानकारी दिए । समाजका देखिएका समस्याहरु पत्रिकाले समाचारमार्फत उजागर गरेर सरकारलाई सुसूचित गराएको पनि उनले बताए ।

2

सिरहाको पत्रकारिताको क्षेत्रमा सीमा सन्देश राष्ट्रिय  दैनिकको धेरै ठूलो योगदान रहेको बताउँदै खोजमुलक र सिर्जत्मक समाचार पढन पाएको पाठक विनोद कुमार साहले खुशी व्यक्त गरे । यसरी ने निरन्तर सिरहाकै सबै कुनाकपचामा पुगेर गरिव निमुखाहरु आवज बन्न सफल होस उनले शुभकामना व्यक्त गरे ।

749009910_1771826220844974_7954957458725939358_n

नेपाली जनताको दशकौँदेखिको सङ्घर्ष र त्याग तथा नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्ने सीमा सन्देश राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक बैधनाथ कुमार यादबले बताए ।

750355417_1080633731309395_2905703654437249555_n

जेनजी विद्रोह पछि भएको आमनिर्वाचनबाट नयाँ राजनीतिक शक्तिको झन्डै दुई तिहाइको सरकार बनेको छ । जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन हुने अपेक्षा र विश्वासका साथ प्राप्त जनादेशमाथि धोका दिने छुट यो सरकारलाई छैन । जनताका आशा–अपेक्षामा तुषारापात नहोस् भनी हामी सरकार र सम्बद्ध सबै पक्षलाई प्रोत्साहन तथा सकारात्मक खबरदारी गरिरहने उनले बताए। 

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब