गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

  • साउन १२, २०८३ | ४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा पनि प्रदर्शन गरिएको छ। आफूलाई हिन्दु सम्राट सेना बताउने समूहको नेतृत्वमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा आन्दोलनकारीले सुनसरीमा मारिएका व्यक्तिलाई न्याय दे, गृहमन्त्रीले राजीनामा देऊ, गोली चलाउनेमाथि कारबाही गर, प्रहरी दमन बन्द गर, हिन्दुमाथिको दमन बन्द गर, हिन्दुविरोधी मुर्दावाद लगायतका नाराबाजी गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

उनीहरूले घटनाको सत्यतथ्य छानविनगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै, सरकारले भोलिसम्म ठोस निर्णय नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

यस अघि सिरहाकै कर्जन्हा नगरपालिकाको बन्दिपुरका स्थानीयले पनि सडक अवरुद्ध गरेर घटनाको विरोध गरेका थिए। उनीहरुले पनि घटनाको तत्काल छानविनगरी दोषीमाथि कडाभन्दाकडा कार्वाहीको माँग गरेका छन्।

यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुनसरी घटनाको विरोधमा कर्जन्हा र गोलबजारमा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको बताए। प्रदर्शनकारीका अगुवासँग छलफलको तयारी भइरहेको उल्लेख गर्दै उनले हालसम्म सिरहामा कुनै उच्छृङ्खल गतिविधि नभएको र अवस्था सामान्य रहेको बताए। परिस्थिति जटिल बने सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ।

यसअघि दिउँसो करिब २ बजे स्थानीयवासी तथा हिन्दु सम्राट सेनाका कार्यकर्ताले सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए।

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी तथा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब