गोलबजारमा सामाजिक सद्भाव र्‍याली

  • साउन २६, २०८३ | १०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिकाकाे -कप्तानगञ्जमा दुई समूहबिच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्दै सामाजिक एकता र आपसी भाइचारा कायम गर्न र्‍याली निकालिए हो।

नागरिक समाज गोलबजारको अगुवाइमा निकालिएको र्‍यालीले गोलबजार बजार क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा विभिन्न समुदायका स्थानीयवासी, नागरिक समाज, व्यवसायी तथा अगुवाहरूको सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले सबै समुदायलाई संयतता अपनाउन, अफवाहको पछि नलाग्न, आपसी सद्भाव कायम राख्न र सामाजिक एकता बलियो बनाउन आग्रह गरेका थिए।

यसैबिच, आन्दोलनपछि शान्ति-सुरक्षाको माग गर्दै बन्द रहेका मुस्लिम समुदायका पसलहरू मंगलबारदेखि खुलेका छन्। उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहका अनुसार बजारमा क्रमशः सामान्य अवस्था फर्किन थालेपछि मुस्लिम समुदायका व्यवसायीहरूले पनि आफ्ना पसलहरू सञ्चालनमा ल्याएका हुन्।

यसअघि आन्दोलनका क्रममा गोलबजारमा १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा ठुलो क्षति भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। आन्दोलनका क्रममा करिब ५० करोड रुपैयाँ बराबरको भौतिक तथा व्यापारिक क्षति भएको अनुमान गरिएको छ।

सामाजिक सद्भाव र्‍यालीमार्फत स्थानीय अगुवाहरूले विगतका घटनाबाट पाठ सिक्दै आगामी दिनमा कुनै पनि अफवाह, उत्तेजना वा साम्प्रदायिक गतिविधिको पछि नलागी शान्ति, सद्भाव र सहकार्य कायम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब