सिरहामा १३ लाख बढीको अवैध सामान बरामद

  • असोज ६, २०८३ | ९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ लैजाँदै गरिएको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको सामान बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्तीजन्य पदार्थ, कस्मेटिक सामग्री, जुत्ता, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा तथा इन्धनलगायत रहेका छन्।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

असोज ६ गते मंगलबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ६ गते । मंगलबार । ...

अवैध सम्बन्ध राख्ने महिलालाई १०० कोर्राको सजाय, पी

इन्डोनेसियाको एक प्रान्तमा विवाहेतर सम्बन्ध राखेको अभिय ...

सुविधा दिएरै अवकाशको प्रस्ताव

सङ्घीय निजामती सेवा विधेयकको मसौदामा एक पटकका लागि कर्म ...

असोज ५ गते सोमबार, यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ५ गते । सोमबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब