धनुषा प्रहरीले आपराधिक लाभ तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका– २० मा चारजना युवायुवतीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई चक्कु देखाई ब्ल्याकमेल गरेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पीडितलाई डर, त्रास तथा धम्की दिई सामाजिक सञ्जालमा अपलोड गरिदिने भन्दै रकम माग गरेको र मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएको खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, बालिकाको संवेदनशील अंगमा गलत मनसायले छोएकोलगायतका आरोपसमेत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved