कार्तिक ५ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक ६, २०८३ | ५३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–एकादशी, बिहान ११ बजेर ४० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–शतभिषा, बेलुकी ७ बजेर ८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–वृद्धि, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त ध्रुव । करण–भद्रा, बिहान ११ बजेर ४० मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २६ मिनेट । दिनमान २८ घडी १६ पला।

आजको बार बेला ।

  • बिहान ६ बजेर ८ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर ९ मिनेटदेखि बिहान ७ बजेर ३३ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर ३४ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १२ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर १३ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म काल बेला ।
  • दिउँसो २ बजेर ३८ मिनेटदेखि बेलुकी ४ बजेर २ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ३ मिनेटदेखि बेलुकी ६ बजेर २ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १ बजेर १२ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३३ मिनेटदेखि बिहान ५ बजेर २१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पछिसम्म फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीसँग थप आत्मीय भाव बढ्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुनेछ । कर्म क्षेत्रको यात्रा हुने योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ । छोटो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । व्यापारमा मन्दी आउनुको साथै आर्थिक सूचकमा कमी आउनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ भने प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । खानपान,यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । तर पनि यात्रा, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । तर पनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

सामुदायिक माविको पहिलो प्रधानाध्यापक बनिन् कविता ठ

जिल्लामा मुलुकको पहिलो दरबार हाईस्कुलपछि स्थापना भएको द ...

फेसबुकमा हतियार देखाउने उमर फारूक प्रहरी नियन्त्रण

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नु सुरक्षा चुनौतीसँ ...

झारफुकका नाममा असुली, जनप्रतिनिधि र प्रशासन किन मौ

एक्काइसौँ शताब्दीको आधुनिक युगमा विज्ञान र प्रविधिले सं ...

भारतमा प्रदर्शनकारीमाथि प्रहरीको कारबाहीप्रति राष्

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीले गरेको दमनप्रति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब