कार्तिक ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक ७, २०८३ | ४४ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक ६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाभाद्रपदा, बेलुकी ७ बजेर ५३ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ध्रुव, बेलुकी १० बजेर ६ मिनेट उप्रान्त व्याघात । करण–बालव, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कुम्भ, दिउँसो १  बजेर ४४ मिनेट उप्रान्त मीन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २५ मिनेट । दिनमान २८ घडी १२ पला।

आजको बार बेला ।

  • बिहान ६ बजेर ९ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर १० मिनेटदेखि बिहान ७ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर ३४ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १२ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १ बजेर १३ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो २ बजेर ३८ मिनेटदेखि बेलुकी ४ बजेर १ मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ७ बजेर १ मिनेटसम्म अमृत बेला ।

नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २२ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३४ मिनेटदेखि बिहान ५ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।  समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । भेटघाट, खेलकुद, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ । माङ्गलिक समारोहमा सहभागी  हुने अवसर जुर्नेछ ।  कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । माङ्गलिक समारोहमा सहभागी भई भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा भेटघाट, खानपान, यात्रा र मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ । आफन्तको निम्तोमा सहभागी भई भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित गर्न  सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरू छलफलका लागी ल्याउन सकिने भए पनि सहकर्मीहरुबाटनै विरोध हुनेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि प्रेममा नजिक हुन सकिनेछ । छोटो दुरीको यात्राको तय हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दौडधुप तथा लामो खटाइले मात्र कामहरू सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागी फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरूसँग विवाद बढ्ने योग रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई भेटघाट, खानपान र मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । कर्म क्षेत्रको यात्रामा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका बस्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । यात्रा तथा खानपानमा केही समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १६ जनाक

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच ...

कार्तिक ५ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार ...

सामुदायिक माविको पहिलो प्रधानाध्यापक बनिन् कविता ठ

जिल्लामा मुलुकको पहिलो दरबार हाईस्कुलपछि स्थापना भएको द ...

फेसबुकमा हतियार देखाउने उमर फारूक प्रहरी नियन्त्रण

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नु सुरक्षा चुनौतीसँ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब