सामुदायिक माविको पहिलो प्रधानाध्यापक बनिन् कविता ठाकुर

  • कार्तिक ५, २०८३ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

जिल्लामा मुलुकको पहिलो दरबार हाईस्कुलपछि स्थापना भएको दोस्रो श्रीचन्द्र हाईस्कुल छ। त्यस जिल्लाको इतिहासमा पहिलोपटक आधा आकाश ढाकेकी महिलाले कुनै शैक्षिक संस्थाको प्रमुख भएकी छन्। नाम हो—श्रीमती कविता ठाकुर। उनी सिरहा जिल्लाको इतिहासमा पहिलोपटक सामुदायिक माविको प्रधानाध्यापिकाको नियुक्ति पाएकी छन्। जिल्लाको पूर्वी भेकमा बलान नदीसँग टाँसिएको लक्ष्मीनारायण कौशल्या मावि, नहरारिगौलकी प्रधानाध्यापक भएकी हुन्।

उनी बीएड साइन्स र प्लानिङमा मास्टर गरेकी हुन्। नेपाली भाषामा बोल्दा उनी पहाडी मूलको जस्तो अनुभूति हुन्छ। वास्तवमा के भएको थियो भने, व्यवसायको खोजीमा बुबा पहाड उक्लेपछि काभ्रेपलाञ्चोकमा उनको जन्म भएको हो। बुबाको सैलुन थियो। लालनपालन र शिक्षा पनि त्यहीँ भयो। त्यसैले उनी झर्रो नेपाली बोल्छिन्। घर हो—बडहडामाल, कर्जन्हा।

माननीयद्वय चित्रलेखा यादव र सीतादेवी यादव मन्त्री भएपछि धेरैलाई लागेको थियो कि सिरहामा महिलावादी आन्दोलन सशक्त रहेका छन्। तर नारी शिक्षामा सिरहा कति कमजोर छ भन्ने कुरा कविता ठाकुरको नियुक्तिबाट स्पष्ट हुन्छ। हुन त केही दिनका लागि सीमा गुप्ता माडर स्कुलकी प्रअ नभएकी होइनन्। तर उनी निमित्तमात्र थिइन्।

र, सबैभन्दा उदेकलाग्दो पक्ष के छ भने सिरहाको इतिहासमा यादव जातको जुन वर्चस्व रहेको छ, त्यसलाई यी दुई महिलाले भताभुङ्ग पारेका छन्। अर्थात् यादव महिला शिक्षामा कति कमजोर छन् भन्ने कुरा यस नियुक्तिले देखाउँछ। त्यसमा पनि त्यो भेकमा, जहाँ यादवको बिना रूखको पात पनि हल्लिन पाउँदैन, टसमस हुन सक्दैन।

यसको मूल कारण के हो भने यादव जातमा अहिले पनि छोरा र छोरीमा ठूलो विभेद छ। कतिसम्म भने, लाजै नमानी हैसियतवालाहरू छोरालाई बोर्डिङ र छोरीलाई सामुदायिकमा पढाउँछन्। जतिसुकै पढाइमा राम्रो भए पनि छोरीलाई स्कुली शिक्षापश्चात् अनिवार्य रूपमा विवाह गर्ने चलन छ।

त्यसैले सिरहाको सुस्मा यादव क्याम्पस होस् वा बरियारपट्टीको हुलाकी बहुमुखी क्याम्पस वा सुखीपुरको जनता क्याम्पसको अवस्था अत्यन्तै दयनीय छ। यी क्याम्पसहरूको दाँजोमा मिर्चैया, गोलबजार र लहान क्याम्पसको अगाडि कक्षा सकेको बेला उभिएर हेर्ने हो भने, चेलीहरूको उपस्थितिले मेरो यो भनाइलाई शतप्रतिशत पुष्टि गर्नेछ।

जिल्लामा सबैभन्दा बढी जनसङ्ख्या रहेको यादव जातका सबैभन्दा कम चेलीहरू प्रतिशतको हिसाबले उच्च शिक्षा प्राप्त गर्छन्। यसको मूल कारण सिरहाको नेतृत्व हो। र, सबैको प्रमुख यादव हुनैपर्छ भन्ने मान्यता राख्छन्, तर विकासको सबैभन्दा चुरो कुरा शिक्षाप्रति उदासीन छन्। नातावाद र कृपावादले क्लाइमेक्स नाघेको छ।

सिरहाको दाँजोमा भाइ उदयपुर अगाडि छ। शोभा निरौला, प्रिया राई र डोमिला धमला त्यहाँ तीनवटा माविको प्रमुख हुन्। सप्तरीमा महावीर माविकी प्रअ ललिता कुशवाहा हुन् भने धनुषामा एउटा पनि छैन। महोत्तरीको बर्दिबासमा रमा शर्मा र रोजी फुयाल तथा सर्लाहीमा एकजना छन्।

अर्थात् आफूलाई नाक फुलाउने यादववादी संस्था र त्यसका कर्ताधर्ताका लागि कति लाजलाग्दो कुरा हो कि सप्तरीदेखि सर्लाहीसम्म सबैभन्दा बढी जनसङ्ख्या रहेको यादवबाट एकजना पनि महिला सामुदायिक माविको प्रअ बन्न सकेकी छैनन्।

ख्याल रहोस्, जबसम्म महिलाको विकास हुँदैन, तबसम्म त्यो देशको उन्नति असम्भव छ। यादववादीहरू हो! तिम्रो तरक्की झन् दुरूह छ।

कार्तिक ५ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार ...

फेसबुकमा हतियार देखाउने उमर फारूक प्रहरी नियन्त्रण

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नु सुरक्षा चुनौतीसँ ...

झारफुकका नाममा असुली, जनप्रतिनिधि र प्रशासन किन मौ

एक्काइसौँ शताब्दीको आधुनिक युगमा विज्ञान र प्रविधिले सं ...

भारतमा प्रदर्शनकारीमाथि प्रहरीको कारबाहीप्रति राष्

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीले गरेको दमनप्रति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब