कार्तिक १० गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक ११, २०८३ | ५८ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८३ साल कार्तिक १० गते । मंगलबार । ईश्वी सन् २०२६ अक्टोबर २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–प्रतिपदा, बिहान ८ बजेर २४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी, बेलुकी ६ बजेर २० मिनेट उप्रान्त कृतिका ।

योग–सिद्धि, दिउसो २ बजेर ६ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव, बिहान ८ बजेर २४ मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर ३१ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५७ पला ।

आजको बार बेला 
बिहान ६ बजेर ११ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर १२ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ३६ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर ० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ३६ मिनेटदेखि दिउसो ३ बजेर ५८ मिनेटसम्म रोग बेला ।
बेलुकी ३ बजेर ५९ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो २ बजेर ३४ मिनेटदेखि दिउसो ३ बजेर ५८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३६ मिनेटदेखि बिहान ५ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार, शेयर बजार तथा उद्योगबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च बढ्ने तथा कामहरू नहुने सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्नेछ । तरपनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार, आफन्त र ईष्ट मित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन्  । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईँको नाम चर्चामा आउनेछ ।  विवादित विषय तपाईँकै पक्षमा फैसला हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । धार्मिक पुस्तक अध्ययन गरी फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।  

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म सस्कृति तथा यस्तै क्रियाकलाप दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवामूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार, शेयर बजार तथा उद्योगबाट आम्दानी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ । असहायको सेवामा आफुलाई समर्पित गर्न पाउँदा मन हर्षित हुनेछ । तरपनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साघुरिनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस गाजर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब