सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्रहरीले १६ किलो २ सय ७० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठकुरीको घरमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मंगलबार उनको घरमा खानतलासी गरेको थियो।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले ठाकुरको घरभित्र खानतलासीको क्रममा ३ किलो ५ सय २० ग्राम र घरबाट करिब ५० मिटर पूर्व सरे खोलाको कासघारीबाट १२ किलो ७ सय ५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट बरामद गरिएको पदार्थको कुल तौल १६ किलो २७० ग्राम रहेको जनाउँदै प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved