प्रेमीसँग मिलेर श्रीमानको हत्या, दुवै पक्राउ

  • कार्तिक २३, २०८३ | १४१ पटक पढिएको | सीमा संदेश
alt

मोरङको जहदामा एक जनाको हत्या भएको छ । जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको आइतबार राति हत्या भएको हो ।

श्रीमती र उनका भारतीय प्रेमी मिलेर सोरेनको हत्या भएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोरेनको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ।

आइतबार राति करिब ९ बजेतिर टाउकोमा फलामको रड प्रहार गरी उनको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
उनका अनुसार सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनील मिश्रले बुधराममाथि रड प्रहार गरेका थिए । गम्भीर घाइते सोरेनको घटनास्थलमै मृत्यु भएको जानकारी एसपी कटवालले दिए ।

उनका अनुसार कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रेम सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवै मिलेर योजना बनाई उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

विवाहेत्तर सम्बन्धकै कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

गोलबजार उद्योग व्यापार संघमा महेश साह प्यानलसहित न

सिरहा । सिरहा गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा म ...

स्थानीय र प्रदेश निर्वाचन एकै मितिमा कि अलग–अलग ?

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्ने कि स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब