एनपीएलको सबै तयारी पूरा

  • कार्तिक ९, २०८३ | ३६ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।

यसपटकको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । हक–आई प्रविधिमा आधारित यस प्रणालीले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध गराउनेछ । हरेक इनिङ्समा एक टोलीले दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था छ । यसले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई मान्यता दिएपछि यस संस्करणको महत्त्व थप बढेको छ । प्रतियोगितामा यसपटक अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिता पनि रहनेछ ।

अनुभवी विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्ने अपेक्षा छ । प्रतियोगितालाई व्यवस्थित र दर्शकमैत्री बनाउन मैदानमा पनि व्यापक सुधार गरिएको छ ।

मैदानमा झण्डै दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड तथा सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएका छन् ।

प्रतियोगिताका सबै ३२ खेल त्रिवि मैदानमा सञ्चालन हुनेछन् । तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।

लिग चरणमा हरेक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछ । लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

स्थानीय तह निर्वाचन गैरदलीय गर्न माग

गैरदलीय स्थानीय निर्वाचन अभियानले स्थानीय तहको निर्वाचन ...

धनुषामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्य

धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि ...

सिरहामा ७ लाख बढीको अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरील ...

कार्तिक ८ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ८ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब