सिरहामा ७ लाख बढीको अवैध सामान बरामद

  • कार्तिक ९, २०८३ | ६१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ।

सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।

स्थानीय तह निर्वाचन गैरदलीय गर्न माग

गैरदलीय स्थानीय निर्वाचन अभियानले स्थानीय तहको निर्वाचन ...

एनपीएलको सबै तयारी पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर् ...

धनुषामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्य

धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि ...

कार्तिक ८ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ८ गते । आइतबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब