सीमा क्षेत्रमा थप कडाइ गर्न प्रक्रिया अघि बढ्याे : गृह मन्त्रालय

  • वैशाख २२, २०७७ | ३१४ पटक पढिएको |

सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि त्यसरी प्रवेश गर्नेलाई निगरानी गर्न सुरक्षा बल बढाउनेसमेत तयारी गरिएकाे छ । सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि बसेको सुरक्षा समिति बैठकको निर्णय अनुसार महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ रहेका सशस्त्र र नेपाल प्रहरीलाई भने सीमा सुरक्षामा खटाउने गृहकार्य भइरहेको हो । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्री रामबहादुर थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले विशेष सावधानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्री थापाले सीमा सुरक्षाका विषयमा भारत सरकारसँग पनि आवश्यक छलफल गर्ने बताउनुभएको छ । यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार पाँच सय पुर्‍याएको थियो । उज्यालो

 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब