सिरहाको मिर्चैया नगरपालीकामा कालोबजारी गर्ने ब्यापरी पक्राउ परेको छ ।
सिमेन्टको मुल्य भन्दा बढी रुपैयाँमा मारुती सिमेन्ट विक्री गर्ने भाग्य विधाता आइरण स्टोरका संचालक राज कुमार मगर प्रक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका वडा नं. ५ स्थित रहेको भाग्य विधाता आयरण स्टोर्सका संचालक ८ सय ७० रुपैयाँको दरले विक्री गरेर ८ सयको दरको बिल उपलब्ध गराएपछि गोप्य सुचनाको अधारमा संचालक र १० बोरा सिमेन्ट सहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु जैसवारले बताउनुभयो ।
मिर्चैया नगरपालिका वडा नम्बर ७ बस्ने टिका राम पोखरेललाई विक्री गरिएको थियो । सो सिमेन्ट स. १ ह. २७७९ नं. को अटोमा लोड गरेको अवस्थामा फेला परेपछि खुलासा भएको हो ।
भाग्य विधाता आयरण स्टोर्स रहेको ३४० बोरा सिमेन्टको गोदाम सिल गरिएको छ । प्रशासनले निगरानी बढाएको र यस्ता कार्य गर्ने ब्यपारीलाई पक्राउ गरेकोले प्रशासनलाई व्यापार संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहले धन्यवाद दिनुभयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved