सुरक्षाकर्मीलाई छलेर जलेश्वरको क्वारेन्टाइनबाट ३ जना फरार

  • वैशाख २४, २०७७ | २१९ पटक पढिएको |
alt

महोत्तरीको एक क्वारेन्टाइनबाट ३ जना फरार भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका १ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनबाट ३ जना बुधबार बिहान फरार भएका हुन् ।

सोमबार सो क्वारेन्टाइनमा राखिएका तिनै जना बुधबार बिहान साढे पाँच बजे भागेको क्वारेन्टाइन स्थलको जिम्मेवारी पाएका जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत संजयकुमार शर्माले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकाहरु भारतको सितामढी निवासी २१ वर्षिय,३० वर्षिय र ३९ वर्षिय पुरुषहरु रहेको शर्माले बताए । २४ औं घण्टा दुईजना सुरक्षाकर्मी र नगर प्रहरीको निगरानीमा रहँदै आएको सो क्वारेन्टाइनबाट सबैलाई छलेर उनीहरू भागेको छ ।

स्वास्थ्यकर्मीको टोली पनि ६(६ घण्टामा परिवर्तन भईरहन्छ,सुरक्षाकर्मी समेतले निगरानी गरिरहेकै हुन्छन् तर त्यस्तो कडाईमा पनि उनीहरु भागेपछि प्रहरी प्रशासनको कार्यशैली माथि प्रश्नचिन्ह खडा भएको छ ।

त्यस क्वारेन्टाइनबाट तिन जना फरार भएपछि बाँकी १८ जनामाथि कडा निगरानी गरिएको छ । उनीहरू तिनैजना लगायत मंगलबारसम्म त्यहाँ २१ जना थिए ।

फरार भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब