सुरक्षाकर्मीलाई छलेर जलेश्वरको क्वारेन्टाइनबाट ३ जना फरार

  • वैशाख २४, २०७७ | २१० पटक पढिएको |
alt

महोत्तरीको एक क्वारेन्टाइनबाट ३ जना फरार भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका १ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनबाट ३ जना बुधबार बिहान फरार भएका हुन् ।

सोमबार सो क्वारेन्टाइनमा राखिएका तिनै जना बुधबार बिहान साढे पाँच बजे भागेको क्वारेन्टाइन स्थलको जिम्मेवारी पाएका जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत संजयकुमार शर्माले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकाहरु भारतको सितामढी निवासी २१ वर्षिय,३० वर्षिय र ३९ वर्षिय पुरुषहरु रहेको शर्माले बताए । २४ औं घण्टा दुईजना सुरक्षाकर्मी र नगर प्रहरीको निगरानीमा रहँदै आएको सो क्वारेन्टाइनबाट सबैलाई छलेर उनीहरू भागेको छ ।

स्वास्थ्यकर्मीको टोली पनि ६(६ घण्टामा परिवर्तन भईरहन्छ,सुरक्षाकर्मी समेतले निगरानी गरिरहेकै हुन्छन् तर त्यस्तो कडाईमा पनि उनीहरु भागेपछि प्रहरी प्रशासनको कार्यशैली माथि प्रश्नचिन्ह खडा भएको छ ।

त्यस क्वारेन्टाइनबाट तिन जना फरार भएपछि बाँकी १८ जनामाथि कडा निगरानी गरिएको छ । उनीहरू तिनैजना लगायत मंगलबारसम्म त्यहाँ २१ जना थिए ।

फरार भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब