सिमेन्ट कलाबजारी गरी विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ

  • वैशाख २५, २०७७ | ५५९ पटक पढिएको |
alt

लकडाउनको वेला बढि मुल्यमा सिमेन्ट कलाबजारी गरी विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया न.पा. वडा न.५ स्थित राजमार्गमा लकडाउनको समयमा चलिरहेको स १ त ५१३२ नं.को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ९० बोरा सिमेन्ट सहित उक्त ट्याक्टरलाई नियन्त्रणमा राखिएको र सोधपुछ गर्दा ट्याक्टरमा लोड रहेको सिमेन्ट भाग्यवान आईरन स्टोरबाट प्रति बोरा रु.७०० को दरले मौखिक सम्झौता गरी प्रति बोरा रु.५७० को दरले बिजय साहको नाममा बिल बनाई धनुषा गणेशमान चारनाथ न.पा. अन्तर्गत विरेन्द्र बजारमा सिता टेडर्स हार्डवयर पसल संचालन गरी बस्ने अजय साहलाई पठाईएको भन्ने बुझिएको हुँदा ९० बोरा शालिमार सिमेन्ट सहितको ट्याक्टर भाग्यवान आईरन स्टोरमा मौज्दात रहेको ४०० बोरा शालिमार सिमेन्ट र ४०० बोरा अल्ट्रा सिमेन्ट समेत सोहि स्टोरमा सुरक्षित राख्न लगाई ट्याक्टर चालक जिल्ला सिरहा छिरेश्वरनाथ न.पा.२ बस्ने बर्ष ३५ को जगदिश सदा र भाग्यवान आईरन स्टोरका संचालक प्रमोद साह समेतलाई पक्राउ गरी आवश्यक कार्बाहिको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।


 मिर्चैया न.पा.४ स्थित राजमार्गमा लकडाउन को समयमा चलिरहेको ना ५ ख ९६६७ नं. को ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ५०० बोरा सिमेन्ट रहेको सोधपुछ गर्दा मिति २०७७ बैशाख १७ गतेको सिरहा जिल्लाको कल्याणपुर न.पा. वडा नं. ४ को कार्यालयको सिफारिस पत्रमा दलितहरुको लागि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्यको लागि भन्ने व्यहोराको छाया पत्र र दिपक आईरन स्टोर कल्याणपुरको नाममा नेपाल शालिमार सिमेन्ट प्रा।लि।को बिल समेत फेला परेको हुँदा सो सम्बन्धमा वास्तबिक बुझ्दा कल्याणपुर न.पा.को एरियामा जनता आवाज कार्यक्रम अन्तर्गत दलित सामुदायिहरुको लागि कुनै पनि घर निर्माणधिन नरहेको र उक्त आवासको लागि टेन्डर प्रकृया समेत आह्रवान गरेको नपाईएको र कल्याणपुर न.पा.को पत्रमा झुठा विवरण खुलाई पासको दुरुप्रयोग गरी बढि मुल्यमा विभिन्न पसलहरुमा सिमेन्ट विक्री वितरण गर्ने उदेश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा ५०० बोरा सिमेन्ट सहित ना ५ ख ९६६७ नं।को ट्र्क र ट्रक चालक जिल्ला धादिङ थाक्ले गा.पf.१० बस्ने वर्ष ३२ को निराजन लामालाई पक्राउ गरी आवश्यक कार्बाहिको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।


त्यस्तै मिर्चैया न.पा.४ स्थित राजमार्गमा लक डाउनको समयमा चलिरहेको स १ त ६५६८ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा अन्ली फोर प्रोजेक्ट लेखिएको ६० बोरा सिमेन्ट, ट्याईलेटको पेन थान १, पिभिसि पाईप थान ३ जस्ताको पता थान १०, मोटरको पाईप १ थान ब्याण्डल, पिभिसि सकेट थान ५ रहेकोले सोधपुछ गर्दा सिमेन्टको विल भरपाई कागज नभएकोले बढी मुल्यमा बिक्री गर्ने उदेश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा उक्त सामानहरु सहित चालक जिल्ला सिरहा मिर्चैया न.प।.वडा नं.३ बस्ने बर्ष २० को सन्तोष कुमार यादव समेतलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

उनीहरु माथि विशेष अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले जानकारी दिनु भयो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब