आज विश्व रेड क्रस दिवस ताली बजाई मनाउँदै

  • वैशाख २६, २०७७ | ५२२ पटक पढिएको |
alt

आज विश्व रेड क्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि याे दिवस मनाइँदैछ ।

दिवसका अवसरमा नेपालमा पनि कोभिड १९ तथा लकडाउनकाे बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनाइँदैछ । यस वर्ष भिड नगरि फरक तरिकाले दिवस मनाइने तयारी छ ।

स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ । नेपाल रेडक्रसले ताली बजाउनुहोस् विषयमा गरेको फोटो प्रतियोगितामा अहिलेसम्म दुई सयभन्दा बढी तस्वीरहरु प्राप्त भएकाे सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

रेड क्रसको सङ्गठन अहिले एक सय ९२ देशमा छ । अहिले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाइ अभियान सञ्चालन भएका छन् । विश्वभर रेडक्र सका एक करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ ।

नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेकाे रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गर्नुभएको छ ।  

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब