मदिराको उचित मात्रा कति हो ?

  • वैशाख २६, २०७७ | १९७ पटक पढिएको |
alt

लकडाउनको बेला । घरभित्रै बस्नुपर्ने । दिन कटाउनै गाह्रो । दिनभर के गर्दै बस्ने ? कतिपयका लागि बहाना बनेको छ, मदिरा पिउने ।

हुन त अहिले मदिरा त्यति सहजै उपलब्ध छैन । त्यसैले बालबच्चालाई जंकफुडको लतबाट मुक्त गरे झैं बयस्कलाई मदिराबाट छुटाउने मौका पनि हो । कतिले त मदिरा छाडे पनि होलान् । तर, सबैको हकमा त्यस्तो नहोला । खाने मुखलाई जुँघाले छेक्दैन भने झैं जहाँबाट वा जसरी भएपनि मदिरा जुटाउनेहरू पनि उत्तिकै होलान् ।

घरमै बस्न पाइने भएकाले वा कामकाजका लागि बाहिर निस्कनु नपर्ने भएकाले कतिपयलाई मदिरा पिउने बहाना मिलेको छ । मदिरा पिउनेहरू अनभिज्ञ हुँदैनन् कि यो स्वास्थ्यका लागि हानिकारक छ। स्वास्थ्यका लागि मात्र होइन, परिवार, बालबच्चा सबैका लागि हानिकारक छ । मदिराले घरको वातावरण बिथोल्छ ।

त्यसैले सम्भव भएसम्म त मदिरा त्यागेकै उत्तम हुन्छ। यदि मदिरा सेवन गर्नैपरे पनि निश्चित शर्तभित्र आफूलाई राखेर मात्र पिउने गरौं। लकडाउनमा पियक्कड नै हुने वा मदिराको लत नै लाग्ने खतराबाट बच्नका लागि पनि केही उपाय अपनाउनुपर्छ ।

मदिरा पिउने नै हो भने दैनिक कति पिउने ? यो कुरा तपाईंको स्वास्थ्यमा पनि निर्भर रहन्छ। स्वस्थ्य एवं तन्दुरुस्त व्यक्ति र रोगी व्यक्तिका लागि मदिराको मात्रा एकनास हुँदैन । स्वास्थ्यमा कुनै समस्या भएका व्यक्तिहरूका लागि थोरै मात्रामा पिइने मदिरा पनि निकै हानिकारक हुन सक्छ ।

कति पिउनु उचित ?

स्वास्थ्य विज्ञहरूको यसमा एउटै राय छ, जति मदिरा पिए पनि शरीरलाई हानि गर्छ । अर्थात् उचित मात्रामा पिउँदैमा शरीरलाई हानि हुँदैन भन्ने होइन । थोरै मदिरा सेवन गर्दा पनि त्यसको नकारात्मक असर शरीरमा पर्छ। खासगरी कलेजोको लागि मदिरा अत्यन्तै घातक हुन्छ ।

तर, थोरै मदिरा पिउँदा पनि स्वास्थ्यमा हानि गर्छ भनेर त्यसको मात्रा बढाउनु अरू घातक हुन्छ । मदिराको मात्रा जति बढाउँदै लान्छौं‌, खतराको स्थिति पनि उति नै बढेर जान्छ ।

यद्यपि पिउने नै भएपछि त्यसबाट धेरै क्षति व्यहोर्नु नपरोस् भनेर मात्रा निर्धारण गरिएको छ ।

के भन्छ वैश्विक संस्थाको निर्देशिका

सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनका अनुसार यदि कोही व्यक्ति मदिरा पिउँदैन भने उसले कुनै परिस्थितिमा पनि मदिरा सेवन सुरु गर्नु उचित हुँदैन । यद्यपि अमेरिकी डाइड्री गाइडलाइन्समा बताइएको छ कि महिलाले एक दिनमा एक वा पुरुषले दिनमा दुई ड्रिङ्क लिनसक्छन् । उक्त गाइडलाइन्समा के पनि बताइएको छ भने गर्भवती वा कुनैपनि रोग लागेका व्यक्तिले भने मदिरा पिउनै हुन्न ।

अब प्रश्न उठ्छ कि एक ड्रिङ्कको अर्थ के हो ?

डाइरेक्ट्री गाइडलाइन्स फर अमेरिकान्सका अनुसार एक ड्रिङ्कको अर्थ लगभग २० एमएल शुद्ध मदिरा हो । यसको अर्थ के भने कुनैपनि व्यक्तिले एक ड्रिङ्कमा लगभग ३५० एमएल बियर, १५० एमएल वाइन र ४५ एमएल लिकर लिन सक्छन् ।

उपयोगी कुरा

–यदि मदिरा पिउने नै हो भने मदिरा पिउनुअघि भरपेट पानी वा तरल पदार्थ पिउनुहोस् । यसले गर्दा मदिराको सोझो असर कम पर्छ । पानी पिएर मदिरा सेवन गरेपछि पेट खराब हुने वा ह्याङओभर हुने समस्या रहँदैन ।

–धेरैले भन्छन् मदिरासँग स्न्याक्स सेवन गर्नुपर्छ । स्न्याक्सको रुपमा मासुजन्य परिकार, भुजिया, चिप्स आदि हुनेगर्छ । यस किसिमको स्न्यान्ससँग मदिरा पिउनु अरू हानिकारक हुन्छ । बरु सलाद वा फलफूलसँग सेवन गर्दा उचित हुन्छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब