सिंहदरबारबाहिर चिनियाँ नागरिक र प्रहरीबीच झडप हुँदा डिएसपी घाइते, ३८ पक्राउ

  • वैशाख २७, २०७७ | २५८ पटक पढिएको |

सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

'केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भयो,' उनले भने, 'प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ।' प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ।

'उनीहरू आफ्नो देश फर्किन चाहन्छन्। धेरै अघिदेखि नै उनीहरूले फर्किने प्रयास गरिरहेका छन्,' उनले भने,'राजदूतावास गएर पनि घर पठाइदेऊ भन्ने खालका कुरा गरेका थिए।'

झडपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको नजिकैको मेडिकलबाट उपचार गरिएको छ।

ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताए।   लकडाउनका कारण नेपालमा रहेका धेरै चिनियाँ नागरिक यतै अलपत्र परेका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले केहीलाई जहाज चार्टर्ड गरी स्वदेश पठाए पनि केही अझै नेपालमै अड्किएका छन्।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब