एक लाख घुस लिएको अभियोगमा डिभिजन वन कार्यालय प्रमुख पक्राउ

  • वैशाख २७, २०७७ | २२८ पटक पढिएको |
alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमङ्गल प्रसादलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सूर्यगढी गाउँपालिका ५ नयाँपुलमा रहेको ढुङ्गा खानी सञ्चालन गर्न दिन एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । कार्यालय प्रमुख जयमङ्गललाई आवश्यक कारबाहीको लागि काठमाण्डाै लगिएकाे डिभिजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दुई दिनअघि स्थानीयवासीले उद्धार गरी बुझाएको घोरल कार्यालय परिसरबाटै बेपत्ता भएपछि पनि डिभिजन वन कार्यालय विवादमा तानिएको थियो । वैशाख २४ गते पञ्चकन्या गाउँपालिका ५ त्रिवेणीधाम क्षेत्रमा आएको घोरल स्थानीयवासीले समातेर वन कार्यालयमा बुझाएकोमा कार्यालयले भने त्यही राती घोरल खोर भत्काएर भागेको दाबी गरेको थियो ।  

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब